विश्वकप: स्वीडेनले दक्षिण कोरियालाई यसरी हरायो - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

विश्वकप: स्वीडेनले दक्षिण कोरियालाई यसरी हरायो



काठमाडौं। रुसमा जारी विश्वकप फुटबलमा दक्षिण कोरियाले खराब सुरुआत गरेको छ । समूह ‘एफ’को कोरियाले सोमबार भएको आफ्नो पहिलो खेलमा स्वीडेनसँग १–० को हार व्यहोरेको हो ।

खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीमा स्वीडेनले गोल गरेको थियो । दक्षिण कोरियाका दुई खेलाडीले पहेंलोकार्ड पाए । कोरियाले गोलका लागि एउटा पनि प्रहार गर्न सकेन ।

दक्षिण कोरियाको हारसँगै एसियाबाट सहभागी चारमध्ये तीनओटा टिमले खराब सुरुआत गरेका छन् । एसियाबाट साउदी अरेबिया र अष्ट्रेलियाले पहिलो खेलमा पराजय व्यहोरेका थिए । एसियाबाटै सहभागी समूह ‘एच’को जापानले मंगलबार कोलम्बियासँग खेल्नेछ ।