स्वस्थानी सत्ता कथा ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्वस्थानी सत्ता कथा !



-दीपक घिमिरे

हे प्रचण्डेमुनि !

नेपाल राज्यमा ठुलै राजनैतिक सङ्कट उत्पन्न हुने अवस्था स्वर्गलोक बाट नियाली रहेका दैबहरुले ठुलै पूजाको आयोजना गर्न थाले ।

तहाँ उप्रान्त दैबहरुको जमघट हुन थालेपछि दैत्यहरूले म¥त्यलोकमा देउपा दैत्यलाई नेपाल राज्यको गद्दी नछाड्न रातो दिन धम्की दिन थाले । उता स्वर्गलोकबाट बिपि , पुष्पलाल , गिरिजा , बोगटी ,मदन अनि मनमोहन लगायतका दैबहरुले नेपाल राज्यको सम्बृद्धीका लागि पूजा अर्चना सुरु गरे ।

हे प्रचण्डेमुनी !

देशले राजनैतिक स्थिरता चाहेको भन्दै बाम गठबन्धनको पासो थापेर कुर्चिको लोभमा परेका दुईचार जना दैव रुपि दैत्यहरूकै कारण बाम गठबन्धन धरापमा पर्न थालेपछि नेपाल राज्यमा बसोबास गर्ने निमुखा जनताहरू फेरि एक पटक तालु खुईले ऋषिमुनिहरुको शरणमा पर्न गए ।

देशलाई बचाउन तालु खुईले ऋषिमुनिहरु निरन्तर स्वर्गलोकमा बसेका दैबहरुको सम्पर्कमा थिए । तालु खुईले ऋषीमुनिहरु कस्ता भने झट्ट हेर्दा पत्रकार जस्ता , पैसाले पुगेका । सात पुस्ता सुतेर बसे पनि खान पुग्ने ! हेर्दा नारद जस्ता देखिए पनि धनले कुवेर जस्ता मोटा । उनीहरूकै बयान पनि हजार जिब्रा भएका शेष नागले गर्न सक्दैनन् भने म त एउटा मनुष्य न परे महाराज ।

देशलाई यो महा सङ्कट बाट बचाउन नेपाल राज्यका जनताहरू तुल खुईले ऋषिमुनि कहाँ धायपनी सतीले सरापेको देश न रहेछ । स्वर्गलोक , म¥त्यलोक अनि पाताललोक ! यी तिनै लोकबाट जति सुकै पूजा आराधना गर्दा पनि देशलाई अनिष्ट हुन बाट कसैले बचाउन सकेन ।

तालु खुईले ऋषीमुनिहरुको असली चेहरा पनि ती निमुखा नेपालीले बुझिहाले , देशले काँचुली फेर्न सकेन ।

हे प्रचण्डेमुनी !

गरिब जनताको हातमा सत्ताको पहुँच पु¥याउने सपना बाँडेर महाभारत भन्दा ठुलो युद्धको शुभारम्भ गरेका माओ ऋषिहरूको समूहले पनि सत्ताको स्वादमा भुलेर युद्धको लक्ष्य बिचमै छाडिदियो ।

युद्धको मोर्चा सम्हालेका माओ ऋषिका शिष्यहरूले धन दौलत अनि मोज मस्तीमा समय कटाउन थालेपछि देशले उल्टो गति लियो । अनि जनता निराश हुँदै कहिले कसलाई सत्ताको पहुँचमा पु¥याए त कहिले कसलाई ।

नेपाली मनुष्यको दुर्भाग्य !

यस्तैमा एक दिन सत्ताको बागडोर देउपा नामक दैत्यको हातमा पर्न गयो ।

देउपा दैत्य कस्तो भने ! हेर्दा ठ्याक्कै डाकु जस्तो , बोल्दा मुखबाट ¥याल , थुक अनि नाक बाट सिंगान छाडेन , बोलेको आफूले मात्र बुझ्ने । अरूलाई झपारेरै आफू अगाडि बढेन । त्यस्तो खतरनाक दैत्यको हातमा सत्ताको बागडोर परेपछि मनुष्य जति बिस्थापित हुँदै गए ।

देशले प्रगतिको बाटो छाडेर दुर्गतीको उल्टो बाटो पकड्यो । जनता अलमलमा परे । कहिले माओ ऋषिको शरणमा गए त कहिले ओली ऋषिको शरणमा । त कहिले तालु खुईले ऋषिको शरणमा ।

हे प्रचण्डेमुनी !

यी ओली ऋषि कस्ता भने , हेर्दा चटके जोकर जस्ता । उखानै उखानले संसार जित्न खोज्ने । आधा कुरा हावा बाटै पूरा गर्दिने  । ओलीको बोलीको ठेगानै नभाको जस्ता ।

फुस्सा बोल्दिन तर काम सिन्को नभाच्ने जस्ता । पदका लागि मरिहत्ते गर्ने । यस्ता थिए ओली । उनका पुर्खा पनि बाम ऋषि बाट आएका खलक हुनाले माओ ऋषि र ओली ऋषिको हल्का आँचरण मिल्दो जुल्दो नै थियो ।

उता स्वर्गलोकमा पूजा सकिन थाल्दा नेपाल राज्यमा ज्ञानेन्द्र नामक दैत्य देश दौडाहमा निस्कियो । ज्ञानेन्द्र दैत्य देश दौडाहमा निस्कँदा सबैभन्दा पिरलो माओ ऋषिमुनिका शिष्यहरू लाई पर्दथ्यो । यस्तो अवस्था स्वर्गलोकमा बसेर होम , स्वाहा गरिरहेका मदन , पुष्पलाल अनि बोगटीले देखेपछि नारद मार्फत छिटो बाम एकता गर्नु अनि देशलाई अनिष्ट हुन बाट जोगाउनु भन्ने सन्देश पठाईबक्सियो ।

नारदले स्वर्गलोकबाट ल्याएको खबर बाम ऋषिमुनिका शिष्यहरूका कानमा परेपछि देशले अलिकति प्रगतिको गति लिन्छ कि भन्ने आशा लिएर नेपाल राज्यका मनुश्यहरु बसेका थिए ।

हे प्रचण्डेमुनि

त्यहाँ उप्रान्त देउपा दैत्यले कुर्ची नछाडेपछि स्वर्गलोकबाट मदन र बिरेन्द्रले श्राप दिन सुरु गरे । ओलीको गुनगान गाउने १००८ शिष्यहरूले सडकमा टायर रूपी धूप बालेर पूजा अर्चना सुरु गरेपछि म¥त्यलोकमा दैत्य देउपाको कुर्ची डगमगाउन थाल्यो ।

उता हजार जिब्रा भएका शेष नागले समेत बयान गर्न नसक्ने विष भाँङ धतुरो खाई लठ्ठीने ज्ञानेन्द्रको बयान म कसरी गर ? ज्ञानेन्द्र कस्ता भने ! झट्ट हेर्दा हिरो जस्ता तर मन गुण्डाको जस्तो , नाक हेर्दा फेटारे सर्प जस्ता तर आना बानी हेर्दा तानाशाह जस्तो । उनको बयान अहिले यत्तिमै सीमित गरे ।

संसार जित्न निस्केका माओ ऋषिका चेलाहरुले ओली ऋषि सामु देउपा दैत्यको अन्त्यका लागि हातेमालो गर्न थालेपछि पौराणिक कथामा भेटिने बाम ऋषिको जन्म हुने निश्चित जस्तै भयो ।

यो बाम ऋषिहरूको पुनर्जन्म लाई आफ्नो अन्त्यको डरलाग्दो रूपमा देखेको देउपा दैत्यले आफ्नो महत्त्वपूर्ण वैदेशिक सैन्य लगाएर माओ ऋषिलाई ओली ऋषि बाट अलग गर्न चाल चल्न थाल्यो । उ कहिले ठुलै सिंहासनमा माओ ऋषिका कमान्डरलाई बिराजमान गराएर आफू अझ शक्तिशाली बन्न चाहन्थ्यो त कहिले वैदेशिक कूटनीति प्रयोग गरेर गठबन्धन तोडन चाहन्थ्यो ।

हे प्रचण्डेमुनि !

दर्जनौ वर्ष देखि अलग अलग धार पकडेर मनुष्यको सेवामा लागेका बाम ऋषिका चेलाहरु यति बेला कुनै पनि वैदेशिक हस्तक्षेप या षडयन्त्रबाट छुट्टिने वाला थिएनन् । पत्रकार जस्ता देखिने बहुरुपी ऋषिहरू समेत बाम ऋषिहरूलाई अलग्याउन लागीपरे । तर बाम ऋषिहरूको हातेमालो यति कडा थियो कि सुमेरु पर्वत बाट ल्याएको बालुवा र ढुङ्गाले बनेको मजबुत ढल्न थियो जसलाई रावणको बाणले समेत तोडन सक्थेन ।

पत्रकारको जस्तो अनुहार भएका तालु खुईले ऋषि रुपि दैत्यहरूले पनि नेपाल राज्यलाई आफ्नो पकडमा राख्न निक्कै कोसिस गरे । अनेक जाल झेल गरेर सत्ताको पकडमा आफूलाई उभ्याउन अनवरत लागेका दैत्यहरूलाई स्वर्गलोकबाट निरन्तर नियाल्ने बिपि , पुष्पलाल , गिरिजा , बोगटी , मदन अनि बिरेन्द्रले सफल हुन दिएनन् ।

ती स्वर्गलोकमा बस्ने दैबहरु कस्ता भने ! आफू स्वर्गलोकमा बसेतापनी नेपाली माटोको निक्कै ईजत गर्ने , नेपालमा बस्ने मनुष्य जातीको हितका लागि निरन्तर पूजा पाठमा तल्लीन रहने । ठ्याक्कै रामायणका रामचन्द्र जस्ता ।

तर विडम्बना ! उनीहरूमा पनि बुद्धि थिएन होला र त छिट्टै स्वर्गलोक रोजे । होइन भने नेपाल राज्यलाई सम्बृद्धीको बाटोमा हिडन सिकायर आफू स्वर्गलोक जानू पर्ने । राज्यलाई लथालिङ्ग अवस्थामै छाडेर स्वर्गको मस्ती लुटन गएकै कारणले होला , आजभोली नेपाली मनुश्यहरु जनताको बहुदलिय जनवाद लाई भुलेर टुक्के समाज निर्माण तर्फ अग्रसर छन् ।

हे प्रचण्डेमुनी !

सतीले सरापेको देश त्यसै भनिएको पक्कै होइन होला । दैव रुपि ऋषिहरू स्वर्गलोकमा बसाई सरेपछि नेपाल राज्यमा सधैँ दानवले राज गर्न थालेका हुन । कहिले सत्ताको लोभमा दलाल गरे त कहिले सम्पतीको लोभमा । सरापेको देशमा अर्को दैत्यले बाँस गरिसकेको छ । स्वर्गलोकमा बस्ने दैबहरुले मधेसी नाम दिएका ती दैत्यहरूको चर्चा अर्को अध्यायमा गर्ने छु । आजको लागि स्वस्थानी सत्ता कथा यति नै ।

इति इस्कन्दे , पुराणे ! माघ महात्मा राजनैतिक सत्ता कथाए पहिलो अध्याय समाप्त ।