सुबासको "मनको मान्छे " - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सुबासको "मनको मान्छे "



– हिमाल पोष्ट

साऊथ अस्ट्रेलियामा बस्दै आएका नेपाली सांगीतिक क्षेत्रका नव गायक सुबास ढुङ्गानाले “मनको मान्छे ” बोलको गीत सार्बजनिक गरेका छन। “भिभान” एल्बममा संग्रहित उक्त गीतको शब्द संयोजन चर्चित ढुंगेलको रहेको छ।अर्जुन पोखरेलको संगीत , आमोस तमांगको एरेन्ज रहेको उक्त गीतको भिडियोमा निराजन प्रधान र स्वस्तिमा खडकाको अभिनय रहेको छ । साथै , प्रदीप निरौलाको निर्देशनमा बनेको उक्त गीतमा छायाँकन अर्जुन तिवारी र भरत रेग्मीले सम्पादन गरेका छन। एल्बममा सेन्टीमेन्टल , रोमांटिक सँगै डासिंग ट्रायकहरु समाबेश गरेको ढुङ्गानले बताए ।

सानै उमेरमा भूटान बाट नेपाल आई क्याम्पको बसाई र सांगीतिक यात्राको बारेमा सुनाउदै सुबास भन्छन ” म भूटानको टकलाईमा जन्मिए , सानै थिए हामी हाम्रो पहिचानको लडाईसँगै देश छोडेर नेपालको झापामा आयौ। त्यही क्याम्प बाट गीत संगीत प्रतिको रूचि बढ्दै गएको हो । उनले झापामा बिताएको बाल्यकाल बताउँदै थपे ” बेलेस स्कुलमा कक्षा ५ मा सांगीतिक प्रतियोगिता थियो त्यहाँ पहिलो चोटी फर्स्ट भएको थिए , भने झापामा आयोजना भएको अर्को क्षेत्रीय स्तरको कार्यक्रममा सन २००७ तिर दोस्रो भएको थिए । क्याम्पमा संगीतमा लागेका आफु भन्दा ठुला दाईहरुले गायको हेर्दै सांगीतिक माहोलमा आफु पनि सहभागी हुन्थिए ” संगितमा लाग्न भूमिका खेलेका त्यति बेलाका समयलाई स्मरण गर्दै कुराकानीका बिचमा नोस्टालजिक भए उनी ।

सन २००९ सालमा अस्ट्रेलिया आएका सुबासले क्याम्पमा आर्थिक अभाबले गर्दा पनि त्यति बेला भने जस्तो गर्न नसकेको तितो अनुभब सुनाए । तीता अनुभब मात्रा होइन , उनका मीठा अनुभब पनि रहेका छन । अस्ट्रेलिया आएको ८ दिन मैं सांगीतिक कार्यक्रम प्रस्तुति दिएका उनले त्यसलाई निरन्तरता दिदै र यहाँ हुने कन्सर्ट र सांगीतिक कार्यक्रम सहभागी बन्दै गए। गीत रिलीजसँगै उनले राम्रो प्रतिक्रिया पाउदै गएको बताए । उनको फेसबुकमा पत्रकार इन्द्र अधिकारीले ” भूटानी गायकहरुले गायका गीतहरु मध्येमा मलाई उत्कृष्ट लागेको गीत ” भन्दै बधाई दिएका छन। सुबास यो सबै श्रेय निर्देशक  प्रदीप निरौलालाई दिन्छन ” गित त मैले गाउदै आएको थिए तर दाईको प्रेरेणा र सहयोगले नै सम्भब भएको हो ” उनले प्रसंसा गर्दै भने । “अब स्टेजमा आफ्नै गित सहित प्रस्तुति दिन पाउने भएको छू त्यसैले पनि यसलाई जिबनको एउटा टर्निंग प्वाइन्टको रुपमा लिएको छू र यसमा निरन्तर लाग्ने छू ” आगामी योजना सुनाउदै उनले आफ्नो सपना हिमाल पोस्टसँग श्येर गरे ।