बुबालाई यस्तो पत्र लेखेर ९ मा पढ्ने बिशालले गरे आत्महत्या ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुबालाई यस्तो पत्र लेखेर ९ मा पढ्ने बिशालले गरे आत्महत्या !



कपिल ज्ञवाली /बुटवल ,भदाै २७-

बुटवल ११ कालिकानगर टिचरपथमा अस्थायी रुपमा बस्दै आएका १५ बर्षिय बिशाल भुसालले बुबालाइ चिठि लेख्दै आत्महत्या गरेका छन्  ।

14341510_1422951597733790_2010394092_nउनले आफ्नै रुमको पङ्खामा बेडको तन्नाले घांटीमा पासो लगाएर ज्यान फालेका हुन् ।

बाग्लुङ बुर्तिबाङ १ मा स्थायी घर भइ बिगत ४ महिनादेखि बुटवलमा बाबु नरहरि भुसालसंग बस्दै आएका थिए ।

बिशाल बुटवलको कालिकानगरमा रहेको कालिका उच्च माबि कक्षा ९ मा पढ्दै आएका थिए ।

उनले सुसाइट नोटमा लेखेका छन्—‘म मरेको दोष अरु कसैलाइ नदिनु मेरै कारणले मरेको हुं ।’

‘म मरेपनि भाइ र बहिनी ज्यूदै छन् भाइलाइ इलेक्ट्रिक इन्जिनियर,बहिनीलाइ डाक्टर बनाउनू ’ ।उनका बुबा बिजुलीको वाएरिङ गर्ने काम गर्छन् ।

उनी डेढ महिनाअघिदेखि बिभिन्न जिल्लामा बिजुलीको कामका लागि गएका थिए ।

बिशाल भने अहिले एक्ले रुममा बस्दै आएका थिए । बिशालकी आमा भने बुबासंग डिभाेर्स गरेर गएकाे धेरै बर्ष बितिसकेकाे बताइएकाे छ ।

आत्महत्याबारे प्रहरीले थप अनुसन्धान थालेकाे बुटवल प्रहरीले जनाएकाे घटनास्थलमा पुगेका प्रहरी नायब निरिक्षक श्यामबहादुर पुनले बताए ।

उनले बुबालाई बिहे गरेर भाइबहिनीकाे संरक्षण गर्न सुझाब पनि दिएका छन् ।