सुर्खेतबाट उडेको जहाज सम्पर्कबिहीन ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुर्खेतबाट उडेको जहाज सम्पर्कबिहीन !



सुर्खेतबाट बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको जहाज सम्पर्कबिहिन भएको छ। जहाज सिमिकोटका लागि उडेको बताइएको छ ।

बुधबार बिहान  सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा आएको छैन।  जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो।

अहिले जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन भइसकेको छ।

थप जानकारी आउन बाँकी छ ।