सुपा देवी देउरालीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुपा देवी देउरालीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



हिमाल पोस्ट /नयाँ दिल्ली, १८ असोज 

भर्खरै मात्र नेपालका विभिन्न जिल्लामा बस सेवा सुरु गरेको सुपा देवी देउराली टूर एण्ड ट्रावल्सले बडा दशैको अवसर पारेर सोमाबार शुभकामना आदान-प्रदान कार्यक्रम दिल्लीको तीस हजारीमा सम्पन्न गरेको छ ।

भारतको राजधानी दिल्लीस्थित नेपाल आवाज पत्रिकाको सभा हलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न राजनीतिक दलका भातृ सङ्गठन एवं सामाजिक सङ्गठनका प्रतिनिधि, प्रवासी पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घका प्रतिनिधि र सर्वासाधारणको उपस्थिति रहेको थियो ।

शेखर कुवरद्वारा अध्यक्षता गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली सङ्घका लोकनाथ भण्डारी, अतिथिहरूमा मूल प्रवाहका ठाकुर खनाल, अखिल भारतीय एकता मञ्चका आर बी खडका,नेपाली  जनसम्पर्क मंचका कृष्ण पाण्डे,समाजसेवी राम नेपाल  आदि रहेका थिए ।

शुभकामना आदान प्रदान गर्दै उपस्थित अतिथिले सुपा देवी देउरालीले स्वस्थ प्रतिस्पर्धा गर्नुको साथै यात्रुको मागलाई मध्यनजर गर्दै प्रवासी नेपालीहरूले आफूले सुरक्षित गरेको सिट मात्रै उपलब्ध गराए पनि अन्य ट्रावल्सको तुलनामा धेरै माथि पुग्ने र उक्त ट्रावल्स प्रति जनमानसमा विश्वास हुने बताएका थिए ।

सोही अवसरमा ट्रावल्सका संयोजक दिल खत्रीले गत साता प्रवासबाट प्रकाशित हुने नेपाली समाचारमा सुपा देउराली ट्रावल्सले सुपा देवी देउरालीमा फुटेर गएका पदाधिकारीहरुले नै सम्पूर्ण आए व्यय उनीहरूले राखेको ,सुपा देउरालीलाई अलपत्र पारेको जस्ता आरोप लागाएको झुठो भएको स्पष्ट पारेका थिए । ‘यदि हामीले कुनै किसिमबाट तेस्तो गरेको छौ भने हामीलाई सम्पूर्ण हिसाब सहित सार्वजनिक गरियोस नत्र अनेकौँ बहाना गरेर हामीलाई बदनाम नगरियोस, खत्रीले थप बताए ।

उक्त समारोहमा बोल्दै ट्रावल्सका पदाधिकारीले सम्पूर्ण प्रवासी नेपालीहरूलाई विजया दशमी र आउँदै गरेको तिहारको पनि शुभकामना व्यक्त गर्दै प्रवासी नेपालीहरूलाई सुरक्षित यात्रा गराउन सधैँ प्रतिबद्ध रहेको जनाकारी गराए । ट्रावल्सका पदाधिकारीले पुन एक पटक सुपा देवी देउराली टुर एण्ड ट्रावल्स व्यक्ति विशेषका रूपमा नभई कयौँको शेयरमा कम्पनीका रूपमा स्थापित भएको भन्दै मुनाफाभन्दा पहिले यात्रुको सेवा सुविधालाई ख्याल गरिने जनाएका छन् ।

कार्यक्रममा उपस्थित सबैले शुभकामना दिँदै नेपालमा भारतीय पर्यटन भित्र्याउने सकिने सम्भावना भएको र ट्रावल्सले उक्त भूमिका निर्वाहा गर्न सक्ने हुनाले त्यो तर्फ ध्यान दिन आग्रह गरेका थिए ।विशेष गरी अर्घाखाँची गुल्मी र पाल्पामा मनाईने सराय नाचलाई पनि उक्त ट्रावल्सले निरन्तरता दिने बताएका थिए ।उक्त कार्यक्रमको सञ्चालन भने नेपाल पत्रकार माहासंघ भारत शाखाका महासचिव गोविन्द पोख्रेलले गरेका थिए ।

तस्बिर :गोपाल भारद्वाज