सुनसरी–३ मा गच्छदारको अग्रता, ५११ मतले पछि परिन् भगवती - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सुनसरी–३ मा गच्छदारको अग्रता, ५११ मतले पछि परिन् भगवती



काठमाडौं । सुनसरी–३ मा मतगणनाको सुरुदेखि नै पछि परेका कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार गच्छदारले सुरुदेखि नै अग्रता लिइरहेकी एमाले उम्मेदवार भगवती चौधरीलाई ५१९ मतले पछाडि पारेका छन् ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार, गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।

सुनसरी–३ मा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब त्यो क्षेत्रमा जम्मा छ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ ।