सुन्दर ओठ र गालामा डिम्पल यसरी बनाउनु होस् ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सुन्दर ओठ र गालामा डिम्पल यसरी बनाउनु होस् !



काठमाडोँ-

कस्तो ओठ सुन्दर रु यसको ठ्याक्कै उत्तर डाक्टरसँग पनि छैन । तर, युवतीहरू भने आफ्नो ओठ ‘सेक्सी’ देखिने बनाइमाग्न डाक्टरकोमा धाइरहेका छन् । वर्तमान समयमा सौन्दर्य मानक सुन्दर हिरोइनहरू भएकाले ‘फलानीको जस्तो’ भनेर युवतीहरू डाक्टरलाई क्ल्यू दिन्छन् र डाक्टरले ठूलो भए सानो र सानो भए ठूलो बनाइदिन्छन् । चिटिक्क मिलाइदिन्छन् । यसलाई ‘लिप इन्ह्यान्समेन्ट’ भनिन्छ ।

पातलो ओठलाई ‘फिलर्स’ राखेर ठूलो देखाउन सकिने हुन्छ । ओठमा राखिने ‘फिलर्स’ मानव शरीरमा पाइने एक प्रकारको तत्वबाट बनाइने भएकाले यसले कुनै असर नगर्ने र नेचुरल लुक दिने डाक्टहरु बताउँछन् ।

भारतीय अभिनेत्री अनुष्का शर्मा र प्रियंका चोपडाले ओठको सर्जरी गरेर आफूलाई झन् सुन्दर तुल्याएको कुरा चर्चाका विषय बन्छन् । प्राकृतिक रूपमै डिम्पल पाएकी अभिनेत्री प्रिटी जिन्टाजस्तै बन्न चाहने युवतीहरू थुप्रै छन् ।

‘डिम्पल क्रिएसन’ नाम दिइएको यो सर्जरी विशेष गरी मोडलिङ वा अभिनयलाई करिअरका रूपमा अघि बढाउन चाहने युवतीले गरिरहेको बताइन्छ । युवतीको गालामा हुने डिम्पललाई सौन्दर्यको एउटा मानक मानिने र धेरै महँगो समेत नपर्ने भएकाले धेरै युवतीले डिम्पल बनाउन चाहने गरेको डाक्टरहरू बताउँछन् ।

पछिल्लो समय चिउँडोको आकृति बदल्ने ‘चिन काउन्टरिङ’, कानका लागि ‘इअर रिफ्रेसिङ’ गर्न चाहने पनि कस्मेटिक सर्जरी सेवा उपलब्ध हुने अस्पतालहरूमा धाइरहेका छन् ।

स्वास्थ्य खबरपत्रिकाबाट