सुखड खानेपानी तथा सरसफाइको अध्यक्षमा मल्ल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सुखड खानेपानी तथा सरसफाइको अध्यक्षमा मल्ल



ईश्वर जैसी /सुखड ।

दरख सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजनाको अध्यक्ष पदमा निरज मल्ल बिजय भएका छन् । अध्यक्षमा निर्बाचित मल्लले ३९१ मत ल्याइ आफ्ना निकटम प्रतिस्पर्धि नरहरी रिजाल लाई २०० मतअन्तरले पछिपार्दै बिजय भएका हुन् । उनका प्रतिस्पर्धि रिजालले १९१ मत प्राप्त गरेका हुन् ।

त्यस्तै उपाध्यक्षमा तिलक प्रसाद भट्टराई ३९९ मत ल्याइ आफ्ना निकटतम प्रतिस्पर्धि गणेश बिष्ट लाइ १२५ मत अन्तरले पछि पार्दै बिजय भएका छन् । उनका प्रतिस्पर्धि बिष्ट ले २७४ मत प्राप्त गरेका थिए । यसैगरी, सचिवमा टेक राज आचार्य ३२२ मत ल्याइ बिजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धि जय भन्डाराले ३०५ मत प्राप्त गरेका थिए ।

आयोजनाको कोषाध्यक्षमा रेखा देवी देवकोटाले ४६७ मत ल्याइ बिजयी हुनु भएको छ । उनकी प्रतिस्पर्धि मैना देवी ढकालले ३८८ मत प्राप्त गर्नु भएको छ । महिला सदस्य तर्फ राधा कुमारी पाण्डेले ५११ मत र सबिता खत्री ४४० मत सहित बिजय भएका हुन् । खुल्ला सदस्यमा सेर बहादुर बोहरा ४१० मत, पदम सापकोटा ३५७ मत र हेम बम ३२१ मत प्राप्त गरि सदस्यमा बिजय भएका हुन् ।

कुल उपभोक्ता संख्या २४०० सय भन्दा बढी भएपनि नवीकरण गरेका जम्मा १४१८ उपभोक्ताले मात्र मताधिकारको प्रयोग गर्न पाउने भए ता पनि १००४ उपभोक्ताले मात्र मतदान गरेका थिए । निर्वाचनलाइ सफलता पुर्बक सम्पन्न गराउनका लागि सहयोग गर्नुहुने सम्पुर्ण प्रति निर्वाचन अधिकृत पूर्ण राज जोशीले धन्यवाद व्यक्त गर्नु भएको थियो ।