सुखडमा व्यत्तिव्य बिकास तथा उद्धोषण तालिम सुरु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुखडमा व्यत्तिव्य बिकास तथा उद्धोषण तालिम सुरु



बिशाल पाण्डेय/सुखड ।
कैलालीको घोडाघोडि नगरपालिका -१ सुखडमा व्यत्तिव्य बिकास तथा उद्धोषण तालिमको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग र रेडियो कैलाली एफ.एमको आयोजनामा ७ दिन सम्मका लागि तालिम सुरु भएको हो । रेडियो कैलाली एफ.एमका प्रबन्धक निर्देशक नवराज खनालको सभापत्तिमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख चौधरीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र तालिम लिएको उपलब्धी हुने बताए । तालिम लिएर मात्र हुँदैन आफुले पनि प्रयास गर्‍यो भने सफल भइन्छ चौधरीले भने । तालिमलाई हल्का रुपमा नलिन आग्रह गर्दै सफल उद्घोषक हुन शुभकामना समेत दिए ।

कार्यक्रममा घोडाघोडी नगरपालिका – १ का वडा अध्यक्ष मनराज शाही, घोडाघोडी नगरपालिकाका नायक सुब्बा कृष्ण बिष्ट र नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ७ कि महिला उपाध्यक्ष चाँदनी आचार्यले तालिम फाइदामुखि होस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

व्यत्तिव्य बिकास तथा उद्धोषण तालिममा घोडाघोडी नगरपालिका भित्रका ३५ जना सहभागिता रहका थिए भने कार्यक्रमको संचालन पत्रकार बिरेन्द्र शाहले गरेका थिए ।