सुखडमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न , बङ्गुर पालन तालिम सुरु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सुखडमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न , बङ्गुर पालन तालिम सुरु



विशाल पाण्डेय/सुखड , कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका – १ सुखडमा हिंसा पिडित महिलाहरुको लागि १ दिने अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

सामाजिक सचेतना महिला सन्जाल कैलाली र टेवा नेपालको आर्थिक सहयोगमा हिंसा पिडित महिलाहरु लाई १ दिने अन्तरक्रिया तथा तीन दिने बङगुर पालन तालिम र पाठा बितरण कार्यक्रम सुरु भएको हो ।

महिला सन्जालकी अध्यक्ष यम कुमारी ढकालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला संमन्वय समितीकि सदस्य मालती सार्की रहनु भएको थियो । प्रमुख अतिथीबाट बोल्दै सार्किले पारिवारिक कारणले गर्दा धेरै महिलाहरु हिंसामा परि पिडित भएको र महिलाहरुले आफ्नो पारिवारिक पीडाहरु आफ्नो मनमा दबाएर राख्नाले अझै बडि पिडित हुने बताउनु भयो ।

आफु पिडित भएको महसुस नगरी जहिले पनि आफ्नो मनोबल उच्च राख्नु पर्ने बताउनु भयो । साथै सार्किले आर्थिक स्थिति कमजोर भएका र हिंसामा परेकाहरुलाइ उनीहरुको मनोबल बढाउने उद्देश्यले यो तालिम तथा पाठा बितरण कार्य गरेकोमा महिला सन्जाललाई धन्यवाद समेत दिनु भएको छ ।

त्यस्तै बिशिस्ट अतिथी बाट बोल्दै घोडाघोडी नगरपालिका वडा नं १ वडाध्यक्ष मनराज शाहीले २१ औं शताब्दीमा आएर पनि बोक्सी तथा छाउपडी प्रथा जस्ता अन्धविश्वासले पनि महिलाहरु हिंसामा परेको बताउनु भयो । ” छाउपडी प्रथा अन्त्यका लागि गोठ पोलेर हुँदैन सबैले त्यस प्रतिको सोच र मन पोल्न पर्छ ” शाहिले बताउनु भयो । शाहिले सम्पूर्ण जनसमुदाय मिलि जनचेतनाको कमि भएको ठाउँमा चेतना फैलाउनु पर्ने र यहाँ बाट लगिएको बङुरले आत्मनिर्भर बन्नको लागि शुभकामना समेत दिनु भएको छ ।

त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका नेता गौरी जोशी ,समाजसेवी मन्जु पन्त , शिक्षिका लिखनी चौधरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

हिंसा पिडित महिला फुलमाया डगौराको स्वागत मन्तव्य सङै सुरु भएको कार्यक्रममा ओरेक नेपालका शंकर चौधरी , ईलाका प्रहरी कार्यालयका प्रतिनिधि तथा सन्चारकर्मी हरुको उपस्थिती रहेको थियो । तिन दिने बङुर पालन तालिमको प्रशिक्षण घोडाघोडी नगरपालिका पशुसेवा शाखा संयोजक छत्रा न्युरेले दिने कार्यक्रम रहेको महिला सन्जालकी अध्यक्ष यम कुमारी ढकालले जानकारी दिनु भयो ।

कार्यक्रमको सञ्चालन महिला सन्जालकी सदस्य सावित्रा आचार्यले गर्नु भएको थियो ।