अज्ञात समुहको आक्रमणमा परि वरिष्ठ पत्रकार बुखारीको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अज्ञात समुहको आक्रमणमा परि वरिष्ठ पत्रकार बुखारीको मृत्यु



इन्द्र कमल जैरु /नयाँ दिल्ली 

भारतको जम्मु कश्मीरमा अज्ञात आक्रमणकारीको आक्रमणमा परि वरिष्ठ पत्रकार शुजात बुखारीको मृत्यु भएको छ । स्थानीय पत्रिका “राइजिङ कश्मीर’ का सम्पादक शुजात बुखारीमाथि बिहीबार साँझ श्रीनगरको प्रेस कोलोनीस्थित उनकै कार्यालयबाहिर आक्रमण भएको थियो ।

जानकारीका अनुसार आक्रमणकारीले उनी सवार गाडीमा नजिकबाट कयौँ गोली प्रहार गरेका थिए। वरिष्ठ पत्रकार शुजात बुखारी र उनका गाडी चालकलाई बचाउन गएका सुरक्षा गार्डहरूलाई पनि गोली लागेको थियो । २ सुरक्षा गार्ड मध्ये १  जनाको पनि आक्रमणमा ज्यान गएको छ ।

जम्मा कश्मीरका प्रहरी प्रमुख एसपी वेदका अनुसार पत्रकार शुजार बुखारी आफ्नो कार्यालयबाट निस्केर कारमा बस्न लाग्दा मोटरसाइकलमा सवार भएर आएका तीन आतंकीले गोलावारि सुरु गरेका थिए । बुखारीमाथि सन 2000 मा भएको आक्रमणपछि उनलाई प्रहरी सुरक्षा दिइँदै आएको थियो । जम्मू कश्मीरमा लामो समयपछि कुनै पत्रकारमा आक्रमण भएको हो । सो घटनापछि सञ्चारकर्मीमा फेरि एक पटक डरको स्थिति सृजना भएको छ । घटनापछि विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरूले घटनाको निन्दा गर्दै प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन् ।