मन्त्रीलाई भेट्न एनजिओले निवेदन दिनुपर्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्रीलाई भेट्न एनजिओले निवेदन दिनुपर्ने



बुटवल । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री र सचिवलाई भेट्न एनजिओ÷आइएनजिओका प्रतिनिधिले लिखित निवेदन दिनुपर्ने भएको छ ।

सोमबार मात्रै नियुक्त भएका मन्त्री सुदर्शन बरालले एनजिओ÷आइएनजिओका प्रतिनिधिहरुले भेट्नुअघि विषय, काम र सोको औचित्य खुल्ने गरी लिखित रुपमा कागजात पेश गरी समय लिनुपर्ने नियम लगाएका हुन् ।

मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री बरालले अनावश्यक भेटघाटले मन्त्रालयको कामकाजमा प्रभावित हुने भन्दै व्यवस्थित गर्नका लागि नियम बनाएको बताए ।

मन्त्रालयले मन्त्रीलाई अभिनन्दन, बधाई दिने छुट्टै कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयमै समय लिएर आउन आग्रह गरेको छ ।
मन्त्री बरालले शिक्षाको रणनीतिक योजनाअन्तर्गत आधारभूत तहको शिक्षाको गुणस्तर बृद्धि गर्न अनुगमनात्मक कार्यमा केन्द्रीत हुने बताएका छन् ।

विज्ञान शिक्षाको स्तारोन्नतिका लागि हरेक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गर्ने योजना समेत उनको छ ।चैत आठ गतेदेखि हुने एसईई परीक्षालाई भयरहित बनाउन मातहतका निकायलाई उनले निर्देशन दिएका छन् ।

प्रदेश स्तरबाट आयुर्वेद तथा एलोपेथिक औषधि उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने तथा महामारी जन्य रोगहरुको न्युनिकरणका लागि निर्देशिका बनाएर काम गर्ने मन्त्रीको योजना छ ।‘शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र रोजगार, जनताको पहँुचमा प्रदेश सरकार’ लाई मन्त्रालयले आदर्श वाक्यका रुपमा प्रयोग गर्ने निर्णय समेत भएको छ ।