प्रेममा नारी फलाम हो-सुबिन भट्टराई - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

प्रेममा नारी फलाम हो-सुबिन भट्टराई



एउटा पुरुष भएकाले प्रेम शब्दको उच्चारण हुनासाथ नारीको परिकल्पना स्वत: भइहाल्छ । पुरुष भएकाले नारी र नारी सौन्दर्यमा प्रेम खोज्नु सामान्य नै लाग्छ । सम्भवत: सम्पूर्ण नारी जातिमा पनि यही भाव लागू हुन्छ भन्ने मलाई लाग्छ । विशेषत: यो सम्पूर्ण बायोलोजिकल्ली प्रक्रिया हो । प्रेम आफौमा पनि बायोलोजिकल्ली प्रक्रिया हो भनेर म बुझ्छु । नारीहरू देख्दा पुरुषमा अक्सिटोसिन र भ्यासोप्रेसिन नामक हर्मोन उत्पादन हुन्छ भन्ने वैज्ञानिकहरूको तर्क रहादै आएको छ । एउटी नारी देख्दा पुरुषका हर्मोनहरू सक्रिय हुनुलाई हामीले प्राकृतिक र स्वाभाविक प्रक्रिया मान्नुपर्छ । कुनै नारी कुनै पुरुषलाई किन मन पर्छ ? जवाफमा विज्ञान नै फेरि पनि अघि सर्छ— आफ्नो सन्तानलाई जन्म दिन सक्छिन् भन्ने भावले पुरुषहरूमा नारीप्रति विशेष किसिमको भावना उब्जिन्छ । प्रेमको सुरुवात पनि यहीाबाट हुने हो । तर, नारीहरू पुरुषहरूभन्दा अलिक भिन्न हुन्छन् । माने, पुरुषलाई जति छर्लंग बुझ्न सकिन्छ, नारीको हकमा यो अलिक जटिल हुन्छ ।

पुरुष भएर मलाई यस्तो लागेको पनि हुन सक्छ । तर, केही कुरा संगतले पनि सिकाउाछन् ।

पुरुष प्लास्टिकजस्तै लाग्छन् । आगोमा पर्नासाथ कच्याककुचुक हुन्छन् । अनि नारी फलामझौ लाग्छन्, जो हत्तपत्त तात्दैनन्, तर तातेपछि हत्तपत्त सेलाउादैनन् पनि । यो म प्रेमका सन्दर्भमा भनिरहेको छु ।

कोही पनि पुरुष नारीभन्दा चााडै प्रेममा पर्ने हैसियत राख्छ । तर, नारीमा यो फ्याक्टर पुरुषको तुलनामा अलिक कम हुन्छ । अनि फेरि नारीको स्वभाव पुरुषजतिकै सरल र बुझिने खालको हुादैन । एकछिनअघि पानी भएकी नारी एकछिनपछि आगो भएकी हुन्छे । यसरी पानीबाट आगो वा आगोबाट पानी हुने स्वभावको दूरी पार गर्न पुरुषलाई भन्दा नारीलाई कम समय लाग्छ । यसका पनि विभिन्न कारण हुन सक्छन् । मैले बुझेको एकमध्येको कारण, पिएमयस अर्थात् प्री मेन्स्टुरेसन सिन्ड्रेम हुन सक्छ । जसमा स–साना कुरामा झर्किने, अनावश्यक कुरामा रिसाउने आदि खालका स्वभाव पर्छन् ।

अधिकांश मुडी किसिमका हुन्छन् । यसमा पुरुषले नारीलाई बुझेर त्यसलाई सहज रूपमा लिनुपर्छ । नारीलाई बुझ्नका लागि पुरुषले नारीजस्तै भएर सोच्नुपर्छ । उनीहरूको मुडसित परिचित हुनुपर्छ । उनीहरूलाई तर्क, बल आदिले होइन, प्रेमले नै जित्न सकिन्छ । नारीलाई सबैभन्दा छुने कुरा प्रेम नै हो । प्रेम चाहना र लगाब मात्र होइन, यो आवश्यकता पनि हो । प्रेमको मूलजति पुरुषमा फुट्छ, नारीमा अझ बढी फुट्छ । पुरुषले गर्ने प्रेममा आक्रामकता, हतारो, आंशिक रौद्रपना मिसिएको हुन्छ भने नारीले गर्ने प्रेममा करुणा, समर्पण र शास्त्रीय भावहरू ज्यादा हुन्छन् । उनीहरूको प्रेम तुलनात्मक रूपमा पुरुषभन्दा विशिष्ट हुन्छ । जतिसुकै आधुनिकताले छोए पनि नारीहरूको प्रेम गर्ने शैली विशिष्ट हुन्छ, तुलनात्मक रूपमा पुरुषभन्दा शालीन र गाढा हुन्छ ।

नया पत्रिकाबाट साभार