शुभयात्राकाे सेवा अब बुटवलबाट - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

शुभयात्राकाे सेवा अब बुटवलबाट



 बुटवल । विगत १६ बर्ष देखि संयुक्त राज्य ईमरेष्ट (युएई) मा आफ्नो व्यवसाय गर्दै आएका कृष्ण प्रसाद भट्राईले बुटवलमा शुभयात्रा होलिडेज टुर्स एण्ड ट्राभल सञ्चालनमा ल्याएका छन् ।

बुटवल–११ कालिकानगर(कालिकामावि) नजिकै उनले युएईको शाखा बुटवलमा सञ्चालन गरेका हुन । शुभ यात्रा ट्रार्भल एण्ड टुरिजम एलएलसी युएईमा सञ्चालन गर्दै आएका भट्राईले बुटवल कालिकानगरमा शुभ यात्रा नेपाल होलिजेड प्रालि सञ्चालनमा ल्याएका हुन ।

आईतबार पत्रकर सम्मेलनको आयोजना गरी सञ्चालक भट्राईले विशेष गरी ट्राभल टुर प्याकेजको कार्यक्रम सहित नेपालमा ट्रार्भल एजेन्सी खोलिएको जानकारी दिए ।

युएईमा रहेका विभिन्न व्याक्तिहरु र फिलिफिन्सलाई समेत नेपालमा ल्याई विभिन्न स्थान घुमाउने उदेश्यका साथ सुरुवात गरिएको सञ्चालक भट्टराईको भनाई रहेको छ ।

२० लाख लगानीमा सुरु गरिएको ट्रार्भलमा स्थानिय स्तरको बस, गाडी रिर्जभ सहित अन्य अन्तराष्ट्रिय एअर, ट्रेन तथा प्याराग्लाडिङ्गको समेत व्यवस्था रहेको जनाइएको छ ।