एडीलेड नेपाली समाजको चौथो साधारण सभा सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एडीलेड नेपाली समाजको चौथो साधारण सभा सम्पन्न



हिमाल पोष्ट/अस्ट्रेलिया।

सन् २०१२मा साउथ अस्ट्रेलियाका नेपालीहरूको साझा सस्थाको रूपमा स्थापना भएको एडीलेड नेपाली समाजले एक कार्यक्रमका बिच चौथो साधारण सभा सम्पन्न गरेको छ।

सन्तोषी गौतमको अध्यक्षता भएको उक्त कार्यक्रममा उप- सचिव मन्जु खड्काले वार्षिक कार्यक्रम प्रस्तुत गरेकी थिइन।गैर आवासीय नेपाली सङ्घ साउथ अस्ट्रेलियाका संयोजक नवीन कंडेलको प्रमुख अतिथिको रहेको सो कार्यक्रममा सस्थाका सदस्य, सल्लाहकारहरु लगायत विभन्न संस्थाहरूको सहभागिता रहेको थियो।15033631_1343613942349871_1642215355_n

उक्त कार्यक्रममा कोषाध्यक्ष क्षितिज सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। समाजले वार्षिक रूपमा तीज कार्यक्रम , पाठेघर क्यान्सर सम्बन्धी नेपाली समुदाय माझ जनचेतना मूलक कार्यक्रम गर्दै आएको अध्यक्ष गौतमले बताईन । नेपाली कला संस्कृतिकको प्रबर्दन गर्दै यहाँ हुर्कदै गरेको दोस्रो पुस्तालाई सिकाउनको लागि विभन्न चाड पर्वहरुमा समेत कार्यक्रम गर्दै आएको संस्थाका उपाध्यक्ष यदु आचार्यले बताए ।

संस्थाले गर्ने कार्यक्रमहरूको बारेमा बताउँदै उनले थपे “अस्ट्रेलिया डेको अवसरमा हुने बृह्यत कार्यक्रममा विभन्न संस्कृतिक झाकी सहित परेडमा हामीले सहभागिता जनाउदै आएका छौ , साथै नेपालमा गएको भूकम्प पीडितलाई समेत सहयोग गरेका थियौ ।” यहाँ हुर्कदै गरेका बालबालिकाहरुलाई नेपाली भाषा , संस्कृतिको बारेमा पढाउने उद्देश्य सहित संस्थाले सन् २०१५ देखि एडीलेड नेपाली विद्यालय सञ्चालन गर्दै आएको बिद्यालयकी  प्रिन्सिपल तथा उप – सचिव मन्जु खड्काले बताइन ।

यहाँको स्थानीय पुस्तकालय गुडवुड पुस्तकालयसंग सम्वन्य गरेर साउथ अस्ट्रेलियाका पुस्तकालयमा नेपाली पुस्तकहरू पाउन सक्ने व्यवस्था समेत गरेको खड्काले जानकारी दिइन।