"साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार"प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

"साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार"प्रतियोगिता सम्पन्न



एडीलेड |

यहि मे २८ तारिकको दिन एडीलेडमा “साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार” प्रतियोगिता सम्पन्न भएको छ । एडीलेड नेपाल संस्थाको आयोजनामा भएको उक्त प्रतियोगितामा रितु राना डान्सिङ्ग स्टार भएकी छन् । सिनियर तर्फ आशिक राईले रनर अप र भर्सटाईल डान्सरको उपाधि पाएकी छन् भने सेकेन्ड रनर अप एलिसा श्रेष्ठ र जुरी अवार्ड इमेज शाहीले पाउन सफल भएका छन् । सिनियर ग्रुपको प्रगीयोगिता दुई चरणमा भएको थियो जसमा प्रस्तिस्प्रधि बाट फाईनल राउण्डमा ६ जाना गएका थिए ।

दिउसो ११ बजे देखि मेरियन आरयसल क्लबको हलमा भएको सो कार्यक्रममा बालबालिकाको ग्रुपमा नोमिका खनाल प्रथम , आर्शिका पोख्रेल दोस्रो र अन्वेशा लम्सालले तेस्रो स्थान पाउन सफल भएका थिए । बालबालिकाको जुनियर ग्रुपमा १२ वर्ष मुनिका बालबालिकाहरुले सहभागिता लिएका थिए भने सिनियर ग्रुपको प्रतियोगितामा १३ वर्ष भन्दा माथिको उमेर समूहले सहभागिता लिएका थिए ।

अस्ट्रेलियामा नेपाली कला संस्कृतिलाई संवर्धन गर्दै यहाँ रहेका कलाकारहरुमा लुकेर रहेको अन्तर निहित प्रतिभालाई प्रस्फुटन गर्न मंच प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ढकालले बताए । उनले थप्दै भने ” कार्यक्रम हामीले सोचे भन्दा सफल भएको छ , आगामी वर्षहरुमा पनि यस कार्यक्रमलाई निरन्तरता दिनेछौ”।

बिजेताहरुलाई आकर्षक पुरष्कार राखिएको उक प्रतियोगितामा निर्णायक प्यानलमा चर्चित म्युजिक भिडियो निर्देशक तथा संचारकर्मी प्रदिप निरौला , द नेक्स्ट ग्रुपका चर्चित डान्सर अमित बजर्चार्य र सुरक्षा थापा रहेका थिए । सानो समुदाय भित्र पनि लुकेर रहेका प्रतिभाहरुलाई प्रतियोगितामा देख्दा आफु धेरै खुसि भएको संचारकर्मी प्रदिप निरौलाले बताए । उनले थप्दै भने ” सहभागी डान्सरहरुमा धेरै क्षमता छ यसलाई अझै उजागर गर्नु आवश्यक छ साथै यहाँ हुर्कदै गरेको दोस्रो पुस्ताले पनि मैले सोचेको भन्दा राम्रो प्रस्तुति दिएको छ। उनले स्टेज बाट बोल्दै अभिभावकलाई बच्चाहरुको कलालाई घरमा मात्र सिमिति नराख्न सुझाब दिए।

 

 रंजनको क्यामेरा  साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार