सन्ध्या आचार्यको राष्ट्रिय गीत 'बुद्ध जन्मेको देश' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सन्ध्या आचार्यको राष्ट्रिय गीत ‘बुद्ध जन्मेको देश’ सार्वजनिक (भिडियो सहित)



नेपाली संगीत क्षेत्रमा विभिन्न विषयवस्तु मा केन्द्रित रहेर गीत संगीतहरु बन्दै आउने क्रममा केही कलाकारहरुले देशप्रेम लाई समेटेर एक गीत तयार पारेका छन्। बुद्ध जन्मेको देशमा आँखा लगाउनेहरुका लागि खबरदारी गर्दै नेपालको भेषभुषा संस्कृति रहनसहन लाई समेटेर तयार पारिएको ‘यो मेरो देश..’ बोलको गीत बजारमा आएको छ।

आभा मुकारुङ,भबीन ढुंगाना,तारा लक्सम, र कला राई को संयुक्त आवाजमा रहेको यस गीतमा सन्ध्या आचार्यको शब्द तथा बालन्द राई को संगीत रहेको छ। वल्र्ड कभर मिडिया प्रालिको प्रस्तुतिमा तयार पारिएको यस गीतको भिडियोलाई विरेन्द्र भाट ‘विपिन’ ले निर्देशन तथा सम्पादन गरेका हुन्। गीतको भिडियोमा हेमा ढुंगाल,रमेश सोडारी,दिपक दुलाल,आकाक्षा बस्नेत को अभिनय रहेको छ। गीतको भिडियोमा कलाकारहरुको देशभक्तिको भाव देख्न सकिन्छ।

सानै उमेर देखि नेपाली गीतसंगीत र साहित्य प्रती रुचि राख्ने गीतकार सन्ध्या यस् गीत को विषयमा उत्साहित हुँदै भन्छिन “हुन त पछिल्लो समय राष्ट्रिय भाबका गीत हरु अन्य गीतसंगीतको तुलनामा थोरैले हेर्नू हुन्छ बुझ्नु हुन्छ मलाई गीत संगीतमा लागेर क्षणिक लोकपि्रयता बटुल्नु छैन जति गर्न सक्छु नेपाली गीतसंगीतको यो बिशाल क्षेत्रमा सकारात्मक प्रभाव छोड्न सकु यहीँ मेरो दिगो सोच रहेको छ । सांगीतिक क्षेत्रमा यो मेरो पहिलो पाइला हो आफ्नो देशको माया मुटुमा राख्ने मेरा सम्पुर्ण दर्शक श्रोता शुभचिन्तक ले सधैं सकारात्मक बाटोमा लाग्न मलाई अभिप्रेरित गर्नु हुनेछ यहाँ हरुको सल्लाह सुझाव र हौसला ले नै मेरो सिर्जनात्मक पाटो निखारिएर आउने छ भन्ने अपेक्षा राखेकी छु ।”

 

भिडियो