दिल्लीमा सोनम ल्होसार सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दिल्लीमा सोनम ल्होसार सम्पन्न



नयाँ दिल्ली ,भगवान् गौतम बुद्धको जन्म जयन्ती समारोह सँगै नेपालका तामांहरुले यो पर्व नयाँ वर्षको रूपमा धूमधामसँग मनाउने गर्छन् ।

दिल्लीमा पनि तामांगहरुको ठुलो समूह रही आएको छ । उनीहरू एकीकृत रूपमा योल्मो पाँच पोखरी तामांग समिति नामक संस्थामा गोलबद्ध भई निरन्तर रूपमा सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका छन् ।

संस्थाका अध्यक्ष सुरेश लामाले अध्यक्षता गरेको सो कार्यक्रम दिल्लीको आर. के. पुरमस्थित सेक्टर ६ को कम्यूनिटि हलमा भव्य सांस्कृतिक कार्यक्रम सहित ल्होसार पर्व सम्पन्न भएको हो । फोटो  तथा भिडियाग्राफिको काम गोपाल भारद्वाज फोटो तथा भिडियोग्राफिबाट भएको सो कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूलाई अतिथिको रूपमा स्वागत गरिएको थियो ।

नेपाली राजदूतावासका कार्यवाहक राजदूत भरत राज रेग्मीसँग सम्पर्क साँधेर प्रमुख अतिथिको पठाउँदै हुनुहुन्छ ? भनी सोध्दा सांस्कृतिक विभाग काउन्सेलर प्रकाशराज पाण्डे आउने जनाइएपनि दूतावासको सहभागिता भएन । प्रमुख अतिथिको काम विशिष्ट अतिथिहरूद्वारा गराइएको थियो ।

आर. के. पुरम, सेक्टर ६ स्थित कम्यूनिटी सेन्टरमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूमा दिल्ली पुलिस स्पेशल सेलबाट हिरा बल्लभ र भानु प्रसाद एवं नेपाल पत्रकार महासङ्घ भारतका सह सचिव अर्जुन खनाल रहेका थिए ।

अतिथिहरूमा देवी देउराली सांस्कृतिक मञ्चका अध्यक्ष पीताम्बर खत्री, युवा समाजसेवी गोपाल पाण्डे, सुपा देवी देउराली टुर एण्ड ट्रावल्सका अध्यक्ष जे. बि. थापा, भोताङ्ग तामाङ्ग संस्थाका अध्यक्ष राजु लामा, वल्र्ड गोर्खा फाउण्डेशन ट्रस्टका महासचिव घनश्याम शर्मा, के. आई. नेपालका भारत प्रतिनिधि नवीन जोशी, नमस्ते ग्लोबल होलिडेज प्रा. लि. का सञ्चालक नरेन्द्र खनाल र हेल्प फर नेपाल सङ्घका रामचन्द्र खड्का रहेका थिए ।

उक्त कार्यक्रममा हेल्प फर नेपाल सङ्घले स्वयंम सेविकाको भूमिका निर्वाह गरेको थियो भने नेपाल पत्रकार महासंघका भारत शाखाका  माहासचिव गोबिन्द पोख्रेलद्वारा कार्यक्रमको संचालन गरिएको थियो ।पोख्रेलले   बिगत लामो समय देखि दिल्लीमा विभिन्न संघ सस्थाका कार्यक्रमहरु उद्घोषण गर्दै आएका छन्  ।