सोनाम ल्होसारको तयारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सोनाम ल्होसारको तयारी



बुटवल : नेपाल तामाङ घेदुङ जिल्ला समिति,रुपन्देहीले माघ ४ गते २८५४ औं सोनाम ल्होसार पर्व मनाउंने भएको छ ।

तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको तयारी शुरु भएको छ ।घेदुङको आज बुटवलमा बसेको बैठकले तयारीसंगैं कार्यक्रम सम्पन्न गर्न अध्यक्ष कुमार तामाङको संयोजकत्वमा ल्होसार व्यवस्थापन समिति गठन गरिएको छ । समितिले ल्होसारमा गरिने कार्यक्रमलाई सार्वजनिक गर्न पौष २२ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनको लागि प्रेस सल्लाहकार टेकबहादुर मास्कीरानालाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ । यसका साथैं घेदुङका जिल्ला उपाध्यक्ष हिरामाया तामाङलाई र्याली,जिल्ला सदस्य रामबहादुर तामाङलाई स्यमसेवक,कोषाध्यक्ष देबानसिंह तामाङलाई आर्थिक,पूर्व अध्यक्ष बिरबहादुर घिसिङलाई खाद्य,सचिव प्रेम घिसिङलाई प्रचारप्रसार,रणबहादुर तामाङलाई पुजा पाठ,गंगा तामाङलाई सरसफाई व्यवस्थापनको जिम्मेबारी दिइएको छ ।

त्यस्तैं घेदुङका युवा अध्यक्ष हसन्त लामालाई स्टेज निर्माण व्यवस्थापनको जिम्मेवारी दिएको छ । माघ ४ गते बुटवल–७ दीपनगरस्थित तामाङ कुल पुजा स्थानमा आयोजना गरिएको ल्होसार मुल समारोहमा प्रमुख अतिथिका रुपमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई आमन्त्रण गर्ने बैठकले निर्णय गरिएको छ । बैठक घेदुङका जिल्ला अध्यक्ष कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।