होटल सोल्टीको क्यासिनोका सञ्चालकसहित ८ जना पक्राउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

होटल सोल्टीको क्यासिनोका सञ्चालकसहित ८ जना पक्राउ



काठमाडौं । नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराएको भन्दै प्रहरीले होटल सोल्टीको क्यासिनो माजोङमा छापा मारी सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक ओम आचार्य, म्यानेजर विनोद श्रेष्ठ,  विकल्प पोखरेल, शंकर पौडेल, तेन्जिक मेलेक, रञ्जित खड्का, अरुण सेढाई र साङगे पासाङ ठकुरी रहेका छन् ।

नेपालीहरु पनि क्यासिनोमा रहेको सूचनापछि आफूहरुले छापा मारेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी मोहन थापाले जानकारी दिए । उनीहरुमाथी अनुसन्धान भइरहेको र दोषी देखिएमा कानुनअनुसार कारवाही प्रक्रिया अगाडी बढाइने डीएसपी थापाले बताए । नेपालीलाई क्यासीनोमा प्रतिबन्ध भएपनि नेपालीहरु क्यासीनो खेल्न प्रवेश गर्ने गरेको सुचना आफुलाई आइरहेको र अब अन्य क्यासिनोमा पनि छापा हान्ने प्रहरीले जनाएको छ ।