बुटवलमा स्नायु तथा नसा रोग क्लिनिक - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

बुटवलमा स्नायु तथा नसा रोग क्लिनिक



बुटवल, ६ असोज । बुटवल क्षेत्रमा पहिलो पटक स्नायु तथा नसा रोग सम्बन्धि क्लिनिक सञ्चालनमा आएको छ । नसा तथा स्नायु रोग विशेषज्ञ डा। पवनकुमार श्रेष्ठले उक्त क्लिनिक सञ्चालनमा ल्याएका हुन ।

बुटवलका बिभिन्न अस्पतालहरुमा नसा तथा स्नायु सम्बन्धि रोगहरुको उपचार हुने भएपनि त्यससम्बन्धि बिरामीहरु बाहिर जाने प्रचलन रहेकाले त्यसलाई रोक्न र यहि उपचार गराउनकालागि क्लिनिक सञ्चालन गरिएको उक्त क्लिनिकका सञ्चालक डा। श्रेष्ठले बताए ।

बुटवल ६ पुष्पलाल पार्क नजिकै सञ्चालन गरिएको स्वास्थ्य संसार क्लिनिकमा स्नायु तथा नसाको स्वास्थ्य परिक्षण गर्नुका साथै निश्चित समयमा स्त्री तथा प्रशुती सम्बन्धि समस्याको समेच चेकजाँच गरिने छ ।

एक वर्ष बि एण्ड बि अस्पताल काठमाण्डौ, एक वर्ष भरतपुर पुरानो मेडिकल कजेल र त्यसपछि क्रिमसन अस्पताल मणिग्राममा सेवा गर्नुभएका विशेषज्ञ डा। श्रेष्ठ हाल बुटवलको जेनस अस्पताल र लुम्बिनी सिटी अस्पतालमा सेवारत छन् ।

त्यस अवधिमा काम गर्दा पश्चिम नेपालबाट ठूलो संख्यामा नसा तथा स्नायु सम्बन्धि समस्या भएका बिरामी जाने भएकाले त्यसलाई रोक्न र नजिकै सेवा दिनकालागि क्लिनिक सञ्चालन गरेको उहाँले बताए ।