अब पुरुषका लागि स्मार्ट कन्डम - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अब पुरुषका लागि स्मार्ट कन्डम



लन्डन ।

आफ्नो यौन जीवनको सम्पूर्ण तथ्याङ्क राख्ने र यौन सम्पर्क गर्दा खर्च भएको ऊर्जा हिसाब गर्ने स्मार्ट कन्डम अब पुरुषका लागि उपलब्ध भएको छ ।

आई–कोन स्मार्ट कन्डमले यौन क्रियाकलापबाट सर्ने रोगहरूबाट समेत सुरक्षा दिनेछ । आविष्कार गर्नेहरूले सन् २०१७ मै स्मार्ट कन्डम उपलब्ध हुने जानकारी दिएका छन् ।

स्मार्ट कन्डमले यौन सम्पर्कमा लागेको अवधि, त्यसका लागि खर्च भएको क्यालोरी, लिङ्गको चाल सङ्ख्या, गति र गोलाई तथा हरेक हप्ता, महिना र वर्षमा अपनाइएका आसन लगायतको तथ्याङ्क राख्दछ ।

स्मार्ट कन्डम किट बनाउने बेलायतको नोटिङ्घममा रहेको कम्पनीले कन्डमबाट उपलब्ध सबै तथ्याङ्क गोप्य रहने तर प्रयोगकर्ताले चाहेमा आफ्नो तथ्याङ्क साथीहरूलाई दिन सक्ने जानकारी दिएको छ ।

स्वास्थ्य अनुगमन गर्ने अन्य उपकरण सरह यसले पनि नानो चिप र ब्ल्युटुथ प्रविधिद्वारा तथ्याङ्कलाई स्मार्टफोनको अप्लिकेसनमा पठाउन सक्छ ।

आई–कोन वास्तविक कन्डम चाहिँ होइन । यो एउटा रिङ हो जसलाई कन्डमको मुनि राख्नु पर्छ । कैयौँपटक आई–कोन उपयोग गर्न मिल्छ ।

कम्पनीले भनेको छ– यसलाई प्रयोग गर्दा असजिलो हुँदैन, यो जलप्रतिरोधि र हल्का पनि छ, आई–कोन प्रयोग गर्नका लागि तपाईं कुनै पनि कन्डम रोज्न सक्नुहुन्छ र तपाईंलाई उत्तिकै आनन्द महसुस हुने छ ।

आई–कोन स्मार्ट कन्डमका लागि ९० हजारभन्दा बढी मानिसले अग्रिम अनुरोध गरिसकेका छन् । सन् २०१७ को अन्ततिर बजारमा आउने आई–कोन स्मार्ट कन्डमको मूल्य ५९.५९ पाउन्ड अर्थात् करिब आठ हजार रुपियाँ राखिएको छ ।

ब्रिटिस कन्डमले यस आई–कोन स्मार्ट कन्डमलाई बजारमा ल्याउने छ । आई–कोन स्मार्ट कन्डममा माइक्रो युएसबी पोर्टसमेत राखिएकाले यसलाई चार्ज गर्न सकिन्छ र एकपटक चार्ज गरेमा यसले छदेखि आठ घण्टा काम गर्दछ । – एजेन्सी