सन २०२० भित्र शीतगंगाकाे वडा नं १ पुर्ण सरसफाइ उन्मुख क्षेत्र घाेषणा हुने ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सन २०२० भित्र शीतगंगाकाे वडा नं १ पुर्ण सरसफाइ उन्मुख क्षेत्र घाेषणा हुने !



कमल बिस्ट/अर्घाखाँची

 शीतगंगा नगरपालिका वडा नं स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिले पाैष मसान्तभित्र WASH plan तयार पारी पेश गर्न अाज कार्य दललाई जिम्मेवारी सुम्पेको छ ।

ग्लाेबल सेनिटेसन फण्ड/ यु.एन हयाविटाटकाे अार्थिक तथा प्राविधिक सहयाेगमा प्रकाश सचेतन समूहकाे सहजीकरणमा वडा स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिकाे अायाेजनामा अाज सुवर्णखालमा सञ्चालन गरिएको WASH Plan तर्जुमा कार्यशालाका सहभागीले सन २०१९ भित्र पुर्ण सरसफाइकाे पहिलाे चरण – सफा र स्वच्छ अवस्था हाशिल गर्ने र सन २०२० भित्रमा पुर्ण सरसफाइ उन्मुख अबस्था हाशिल गरि घाेषणा गर्ने लक्ष्य ताेकेका हुन् ।

कार्यशालाकाे अध्यक्षता तथा उद्घाटन वडा कार्यालय तथा वडा स्तरीय कार्यालय,सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष बुद्धि कृष्ण पाैडेलले गर्नु भएको थियाे । कार्यशालाकाे उदेश्य बारेमा प्रमुख अतिथि युएन हयाविटाटका जिल्ला संयाेजक विष्णु दवाडी (बिनु) ले प्रकाश पार्नु भएको थियाे । साथै उहाँले पुर्ण सरसफाइ मार्ग दर्शन, पुर्ण सरसफाइका सूचकहरू र अाधारभुत सर्भेक्षणकाे नतिजा सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएकाे थियाे । प्रस्तुतीकरण पश्चात् प्रागका वास अफिसर श्यामसुन्दर ढुंगानाबाट समूह कार्यका लागि ५ समुह विभाजन गरी जिम्मेवारी वाँडफाँड गरिएकाे थियाे ।

समुहकाे कार्य प्रस्तुतीकरण पछि कार्य याेजना तयार पारी संयुक्तरूपमा समय र जिम्मेवारी ताेक्ने कार्य भएकाे थियाे । सहभागीहरूले वडाले लिएको पुर्णसरसफाइ लक्ष्य हाशिल गर्न अाजै देखि अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । कार्यशालामा वडा तथा समितिका सदस्य लालमणी घिमिरेले स्वागत मन्तब्य व्यक्त गर्नु भएकाे थियाे । २६ जनाकाे उपस्थिति रहेकाे कार्यशालाकाे सञ्चालन श्यामसुन्दर ढुंगानाले गर्नु भएको थियाे ।