सुनील ग्रोबरले गरे सहकर्मी सिल्पामाथि अत्याचार ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सुनील ग्रोबरले गरे सहकर्मी सिल्पामाथि अत्याचार !



कमेडियन सुनील ग्रोवर पछिल्ला दिनमा शिल्पा सिन्देसँग कमेडि शो जियो धन धना धनमा देखिइरहेका छन् । दुई जनाको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् । तर एक भिडियोका कारण केही दिनयता उनीहरु चर्चामा छन् ।

फिल्म सुटिङको सेटमा सुनिल र शिल्पाबीच हातहालाहाल भएको भिडियोमा देख्न सकिन्छ ।

दुई जनाबीचको यो झगडा सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर शिल्पा र सुनीलका फ्यान चिन्तित बन्ने अवस्था आउनु भन्दा पहिले नै वास्तविकता सार्वजनकि भएको छ ।

जियो धन धना धनको सेटमा भएको झगडाको यो भाइरल बनेको भिडियो शुटिङको भएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् ।

शिल्पा सिन्दे सुनील ग्रोबरको पत्नीको भूमिकामा छिन् । दुइजनाको बीचको राम्रो केमेस्ट्रिको तारिफ गरिरहेका छन् ।