सिंचाई सचिव यादवको सम्मानसहित अन्त्येष्टि - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सिंचाई सचिव यादवको सम्मानसहित अन्त्येष्टि



आभास पौडेल/कपिलवस्तु

काठमाडौँ फर्कने क्रममा शनिवार धादिङमा कार दुर्घटनामा परेर मृत्यु भएका सिंचाई मन्त्रालयका सचिव रामानन्द यादवको गृहस्थान बहादुरगंजस्थित सुरही खोलामा संस्कार अनुसार सम्मानसहित अन्त्यष्टि दाहसंस्कार गरिएको हो ।

यादवलाई दाजु छेदीप्रसादले दागबत्ती दिएका थिए । यादवको सम्मानमा सशस्त्र प्रहरीले शोक सलामी अर्पण गरेको थियो ।

यादवको दाहसंस्कारमा सँचाई मन्त्री संजयकुमार गौतम, सिंचाई राज्यमन्त्री अमरसिंह पुन, सिचाई सह–सचिव सागरकुमार राई, विभागका महानिर्देशक अशोक सिंह, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतका सरकारी अधिकारीले सहभागी थिए ।

सचिवसँगै दुर्घटनामा ज्यान गुमाएकी कृष्णनगर नगरपालिका बहादुरगंजकी १५ वर्षीय उन्नति गुप्ताको पनि दाहसंस्कार गरिएको छ ।

सचिव यादव सवार बा २ झ ३१४० नम्बरको कार शनिवार धादिङको सलाङघाटर्मा त्रिशूलीमा नदी खसेको थियो । दुर्घटनामा यादवका २२ वर्षीय छोरा सन्तोष अझै वेपत्ता छन् ।