पाँचौँ स्याङ्जा महोत्सवको तयारी पूरा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पाँचौँ स्याङ्जा महोत्सवको तयारी पूरा



रोशन लामिछाने
स्याङ्जा  । माघ २६ गतेबाट फागुन ८ गते सम्म संचालन हुने प्रदेश स्तरीय पाचौ स्याङ्जा महोत्सव २०७४को तयारी पूरा भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठ “सुवर्ण”ले महोत्सव स्थलमा बालउद्यान, स्टलहरू, मञ्च र गेटहरूको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । श्रेष्ठले महोत्सवको तयारीले स्याङ्जा बजार दुलही झैँ सिँगारीको बताए । महोत्सव सफल बनाउन संचारमाध्यमको पनि उल्लेख्नीय भूमिका हुने हुँदा राम्रो प्रचार प्रसार गर्न उनले अनुरोध गरे ।

पत्रकार सम्मेलनमा संचार संयोजक महादेव श्रेष्ठले विभिन्न उपसमितिहरूले आ–आफ्नो काम सम्पन्न गरेको बताए । उनले महोत्सवको व्यपक प्रचारप्रसार गरिएको हुँदा महोत्सव भव्य तथा सभ्य तरिकाले सम्पन्न हुने जानकारी दिए । उनले महोत्सवको उद्घाटन उप–प्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले उद्घानग गर्ने जानकारी दिए ।

कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष हिकमत श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले मन्तव्य राखेका थिए । संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठ “सुवर्ण”को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहासचिव भिमकुमार श्रेष्ठले गरेका थिए ।

“स्याङ्जा महोत्सवको आधार पर्यटन र कृषि नै आर्थिक समृद्धिको पूर्वाधार” भन्ने मूल नाराका साथ १२ दिन सम्म संचालन हुने महोत्सवमा साँस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रर्दशनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, विभिन्न कलाकारको प्रस्तुती र कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा सुन्तला प्रदर्शनी, अर्गानीय कफी प्रदर्शनी, अटोमोवाइल, सूचना प्रविधि प्रदर्शनी, पर्यटन मेला तथा फोटो प्रदर्शनी र हस्तकला प्रदर्शनीसमेत रहने छ । महोत्सवमा ३ सय स्टल र ८ करोड बराबरको कारोबार हुने र तिन लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।