शुक्रबार रामकृष्ण ढकालको स्वरमा सजिएको "एक्लो भए जिन्दगीमा" बोलको गित सार्वजनिक - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

शुक्रबार रामकृष्ण ढकालको स्वरमा सजिएको “एक्लो भए जिन्दगीमा” बोलको गित सार्वजनिक



काठमाडौं ।।
लोकप्रिय गायक रामकृष्ण ढकालको गितको पर्खाइमा रहने स्रोताहरुका लागी खुशीको कुरा । गायक ढकालको स्वरमा सजिएको हृदयस्पर्सी गित “एक्लो भए जिन्दगीमा” सार्वजनिक भएको छ । गितलाई सङ्स नेपालले शुक्रबार youtube मा सार्वजनिक गरेको छ ।

हृदयस्पर्सी शब्दभाव बोकेको गितको भिडियो मेकिङ्गमा निर्देशक जिबि आग्रीको कुशलता देख्न सकिन्छ । कञ्चनपुरको पुनर्वासमा जन्मिएर काठमाडौँ स्थित नेपाली सिने नगरीलाई आफ्नो कर्मक्षेत्र बनाउनु भएका निर्देशक आग्री सो क्षेत्रमा चर्चित हुनुहुन्छ । उहाँद्वारा निर्देशित आधुनिक गितहरु हिटको सुचिमा सुचिबद्ध छन । भिडियोको छायांकन तथा इडिट सिनेमेटोग्राफर रणधिर श्रेष्ठले गरेका हुन ।

सुन्दर सुदुरपश्चिमको रमणीय दृश्यहरुलाई भिडियोमा देख्न सकिन्छ । अंग्रेजी चलचित्रको सीन जस्तो देखिने कञ्चनपुरको बेदकोट नपामा पर्ने लिङगा डाँडाको सुन्दर दृश्यलाई भिडियोमा समेटिएको छ । त्यस्तै, बेतकोट ताल, डोटी, डडेल्धुराका रमणीय स्थलहरुलाई समेत भिडियोमा देख्न सकिन्छ ।

गितमा मोडल सुनिल कुमार लो, लक्ष्मी तिवारी, हेमन्त न्यौपाने र सागर गैरेको अभिनय देख्न सकिन्छ । कलाकारितामा तिब्र रुचि राख्ने कलाकार सुनिल कुमार लो ले केहि गित तथा सर्ट मुभिहरुमा निर्देशन समेत गरिसक्नुभएको छ । व्यवसायीकरुपमा शिक्षकपेशामा आवद्ध उहाँले गितमा जिवन्त अभिनय देखाउनु भएको छ ।

भिडियोको निर्माण “ए रास प्रोडक्सन” र “राग भिजन मल्टिमुभिज” ले गरेको हो । शौभाग्य एल्बमको उक्त गितमा संगीत संतोष श्रेष्ठको रहेको छ भने शब्द कविता तामाङको रहेको छ ।