श्रीमती गायब ,श्रीमान बेहोस ३ बर्षको छोरोको बिचल्ली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

श्रीमती गायब ,श्रीमान बेहोस ३ बर्षको छोरोको बिचल्ली



हिमाल पोस्ट /नयाँ दिल्ली

नेपालको प्युठान जिल्ला बिजुबार नगरपालिका १७ निवासी दिपक नेपाली सँग सात बर्ष अघि संगिता नेपालीको प्रेम बिबाह भएको थियाे । उनीहरु दुवै  भारतको जयापुरमा  कार्यरत थिए ।  उनीहरुको ३ बर्षको छोरो पनि छ । राति खाना खाएर संगै सूतेकी संगीता भने आफ्नो श्रीमान र छोरोलाई छोडेर बिहान टाप कस्न पुगिन ।

घरमा भएका गर गहना ,कपडा र भएको पैसा समेत लिएर संगीता फरार छिन । सानो छोरोले आमा आमा भन्दै निसासिएको आफन्ती बताउछन श्रीमान्  पनि बेहोसी अबस्थामा रहेका छन् ।

उक्त संगीतालाई जुन कुनै ठाउमा फेला पर्नु महानुभावले यी नम्बरमा  +919929417554 र 9717739774  सम्पर्क गर्न वा नजिकैको प्रहरी कार्यालयमा बुझाई दिन अनुरोध गरेको   नेपाली देशभक्त आवाजका अर्जुन क्षेत्रीले हिमाल पोस्टलाई जानाकरी दिएका थिए ।