श्री स्वस्थानी ब्रत कथा आजदेखि आरम्भ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

श्री स्वस्थानी ब्रत कथा आजदेखि आरम्भ



हिमाल पोस्ट /पुस २८

आजैदेखि माघस्नान र अधिकांश हिन्दु धर्माबलम्बीका घर-घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।

स्वस्थानी ब्रत कथा सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनि बालुवाको शिवलिङ्ग बनाई एक महिनासम्म निराहार तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोडिएको छ ।

शिव पार्वतीको विवाहपछि मनोकांक्षा सिद्ध हुने विश्वासका साथ स्वस्थानीको ब्रत बस्ने र कथा सुन्ने गरिएको हो । इहलोकमा सुख, सन्तोष, उन्नती तथा परलोकमा शिवलोक पाउने कामनाका साथ जगदीश्वर महादेवको स्तुति एवं भक्तिभावपूर्वक ब्रत बस्ने गरिन्छ ।

पौष शुक्ल पूणिर्मादेखि शुरु गरिने श्री स्वस्थानी परमेश्वरीको व्रत, पूजन तथा कथा श्रवण गर्ने क्रम माघ शुक्ल पूणिर्मासम्म एक महिना जारी रहन्छ ।