शिव ,शंकर र पूर्णकलाले झुमाए लुधियानाका दर्शक ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

शिव ,शंकर र पूर्णकलाले झुमाए लुधियानाका दर्शक !



नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले छिमेकी राष्ट्र भारतमा रहेर पनि नयाँ वर्ष २०७५ सालको उपलक्ष्यमा भारत, पंजावको लुधियानामा ‘नयाँ वर्ष सांस्कृतिक धमाका २०७५ ‘ भव्यताका साथ सम्पन्न भएको छ ।

मुख्य आकर्षणको रूपमा रहेका आधुनिक गायक शिव परियार, लोक दोहोरी   क्षेत्रका  मोडेल एवंम् डान्सर शङ्कर बिसी र लोकदोहोरी गायिका पूर्णकला बिसीको ब्याग्र प्रतीक्षामा रहेका दर्शकले उनीहरू आउँदा हुटिंगले कार्यक्रम हल नै गुन्जयिमान भएको थियो ।

गायक परियारले पिउँदिन भन्दा भन्दै पिलायो साथीले भन्ने गीत गाउँदा दर्शकले पनि सँगै गएर साथ दिएका थिए  ।उता शङ्कर बिसीले  भने एलिना देउजा सँग आफ्नो नृत्य   प्रस्तुत गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिए ।गायिका बिसीले केहीबेर दर्शकलाई आफ्ना गीतमार्फत झुमाएकी थिइन ।

हास्य कलाकार पुर्षोत्तम भण्डारी  ‘पुर्खे बा ’ले पेट मिची मिची दर्शकलाई हँसाएनन मात्र सामाजिक विकृतिबारे व्यङ्ग्य पनि गरे ।

कलाकार शिलु भट्टराई , दिपु मगर ,श्रीधर अधिकारी ,वसन्त लम्साल,नन्दु परियार , विष्णु श्रीपालि ,बिन्दु बिहानी , एवं स्थानीय कलाकार राम गहतराज,खुमन जोशी ,रामु बेलबासे ,विष्णु बराल आदिले आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लुधियानाका एम एल ए सुरेन्द्र डावर रहेका थिए ।उनले पंजावमा रहेका नेपालीहरूको खुलेर प्रशंसा  गर्नुका साथै उनीहरूले गर्ने मेहनत अरूले गर्न नसक्ने बताएका थिए ।

बिकाश रेश्मी र ओमप्रकाशको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा दिनेश परियार ,नारायण पौडेल ,सोनु बिक ,निलकण्ठ ढावा साहबादका  चुरामणि पौडेल ,पश्चिम नेपाल बस व्यवासायी संघका  आनन्द भण्डारी ,खाल्सा ढावाका सुरेन्द सिंह ,दिपक पौडेल,अजय बिक,किषन गिरी ,लक्ष्मण घिमिरे,  आदिको आतिथ्यता रहेको थियो ।

लुधियानाको गुरु नानक हलमा सम्पन्न उक्त कार्यक्रमको संचालन भने लोकदोहोरी गीत प्रतिष्ठान लुम्बिनी अंचलका  महासचिव एवं कुशल गायक नारायण बिपी परियारले गरेका थिए ।कार्यक्रमको आयोजना भने न्यु सागर एन्ड सगरमाथा टुर एण्ड ट्रावल्स,ओशिश डिजे र रेश्मी  क्याटर्शद्वारा संयुक्त रुपमा गरिएको थियो ।

ट्रावल्सले  बिगत लामो समय देखि भारतको पंजाव ,दिल्ली र अन्य ठाउँ देखि नेपाल आवत जावतमा सेवा दिदै आएको छ ।