शिक्षक महासंघ बर्दगोरियाको अध्यक्षमा उदयसिंह बीसी चयन, सबैलाई मिलाएर लैजाने प्रतिबद्धता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शिक्षक महासंघ बर्दगोरियाको अध्यक्षमा उदयसिंह बीसी चयन, सबैलाई मिलाएर लैजाने प्रतिबद्धता



गोविन्द बीसी/ बौनिया,कैलाली ।

नेपाली शिक्षकहरुको पेसागत साझा संगठन नेपाल शिक्षक महासंघको बर्दगोरिया गाउँपालिका अध्यक्षमा उदयसिंह बीसी निर्वाचित भएका छन । आइतबार भएको महासंघको घोषणा सभाबाट सर्वसम्मत रूपमा कालिका मावि नौनियाका प्रअ समेत रहेका बीसी महासंघको अध्यक्ष चयन भएका हुन् ।

जसको सह-अध्यक्षमा चक्रबहादुर शाही निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा सज्जन ढकाल, महिलातर्फ उपाध्यक्षमा सरिता डंगौरा, सचिवमा शिवराज गौतम, सह-सचिवमा अमर बहादुर रावल, सह-सचिव महिलातर्फ राधा चन्द, अर्थ सह-सचिव नवराज टमट्टा, संस्थागत सह-सचिव खडक बहादुर कुंवर, वीर बहादुर चौधरी, एकेन्द्र कुंवर लगायत रहेका छन् ।

अन्य सदस्यमा चिरञ्जीवी कठरिया, रण बहादुर बोहरा, मोतीराम डंगौरा, सत्यकुमारी खत्री, रघुनाथ चौधरी, पुस्पा गुरुङ, बलराम चौधरी, पल्टु चौधरी, बिष्णु कठरिया, रामबहादुर चौधरी, शिवराज चौधरी गरी २२ सदस्यीय कमिटी चयन गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया गाउँपालिका अध्यक्ष बलराज भाटको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष बालिराम चौधरी रहेका थिए भने बिशिस्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष भगवती चौधरी र नेपाल शिक्षक महासंघ जिल्ला सह-अध्यक्ष सोमनाथ अधिकारी रहेका थिए ।

महासंघको घोषणा सभामा बोल्दै प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम चौधरीले चालु आर्थिक बर्षको बजेटमा शिक्षामा डेढ करोड रकम विनियोजन गरि खर्च गरिएको बताए । उनले उक्त रकम बिद्यालयको भौतिक पूर्वाधार, भवन, घेरापर्खाल, खानेपानी लगायत भौतिक निर्माणमा खर्च गरिएको उल्लेख गरे । कार्यक्रममा अध्यक्ष चौधरीले आगामी आर्थिक बर्ष २०७५/०७६ मा शिक्षा क्षेत्रको शिक्षक ब्यवस्थापनमा गाउँपालिबाट बजेट विनियोजन गरिने बिश्वास व्यक्त गरे । विगत २० बर्षमा विद्यालयको ब्यवस्थापन समितिमा रहदा आफूले विद्यालय संचालनको समस्या महसुस गरेको स्मरण गर्दै उनले भने-” हिजो हामी माग्ने ठाउ थियौं भने अहिले बाड्ने ठाउमा पुर्याउनु भएको छ त्यसैले त्यो जिम्मेवारी हामी पूरा गर्छौं । आगामी दिनमा शिक्षक महासंघ संग समन्वय गर्दै शिक्षा नीति निर्माणमा पहल गरिने उनलेे प्रतिबद्धता समेत व्यक्त गरे ।

यस्तै बिशिस्ट अतिथि कैलाली जिल्ला सह अध्यक्ष रोमनाथ अधिकारीले शिक्षक महासंघले सबै विद्यालय शिक्षक कर्मचारीको पेसागत हक अधिकार र सेवा सुरक्षाका सवालमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । विगतमा केही स्थानीय तहमा भएका नीति निर्माण सफल हुन नसकेकोले नीति निर्माण गर्दा विशेष सजक हुनुपर्नेमा जोड दिए । उनले एकले अर्कोलाई दोष थुपार्ने परिपाटी गलत भएकाले शैक्षिक पेसागत मर्यादा र सुरक्षामा शिक्षक, विद्यार्थी, अभिभावक र सरकार सबै दायित्व बोधका साथ सजक र जिम्मेवार हुनुपर्ने बताए ।

कार्यक्रममा विद्यालय कर्मचारी परिषदका जिल्ला अध्यक्ष गणेश प्रसाद जोशीले विद्यालयमा संगसंगै नियुक्त भइ कार्यरत शिक्षक कर्मचारी बीच सेवासुविधाका हिसाबले विभेद गरिनु दु:खद भएको बताए । उनले अब बन्ने संघीय र स्थानीय शिक्षा ऐननियममा कर्मचारीको सेवासुविधाको ब्यवस्था गर्न आग्रह गरे । धेरैजसो स्थानीय तहले विद्यालय कर्मचारी र नीजिस्रोत शिक्षकको पोसाक भत्ता सुबिधा दिने उदाहरणयोग्य कार्य गरेको बताउदै उनलेे बर्दगोरिया गाउँपालिकामा कर्मचारीको तलबभत्ता सुविधा र पेसागत दक्षता वृत्तिबिकासका कार्यक्रम ल्याउन आग्रह गरे ।

यस्तै नवनिर्वाचित अध्यक्ष उदयसिंह बीसीले नीजिस्रोत, बालबिकास र विद्यालय कर्मचारी जेसुकै भनिएपनि सबै शिक्षक सरहको मर्यादा भएकाले एउटा विद्यालय असमान सुबिधाका र विभेद पक्ष आवाज उठाउने बताए । उनलेे संघसंगठन नभनी निस्पक्ष रूपमा पेसागत अधिकारका लागि एक हुनुपर्ने बताए । एक्लै अध्यक्षले मात्रै केही गर्न नसक्ने भन्दै उने सबैको आवश्यक रहेकोे बताए । उनले सबैलाई मिलाएर संगसंगै एकताबद्द भएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षिका गिता कडायतले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षक शिवराज गौतमले गरेका थिए ।