शेरबहादुर देउवालाई सभापतिबाट हटाउने खेल सुरु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शेरबहादुर देउवालाई सभापतिबाट हटाउने खेल सुरु



काठमाडौं– नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले शेरबहादुर देउवालाई सभापतिबाट हटाउने खेल सुरु गरेको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको लज्जाजनक पराजयपछि पौडेल पक्ष देउवालाई हटाउने योजनामा लागेको हो । त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउन देउवालाई दबाब दिने र सोही केन्द्रीय समितिले महासमिति बैठक बोलाउने महासमितिले विशेष महाधिवेशन आह्वान गर्ने र देउवालाई सभापतिबाट हटाउने डिजाइनमा पौडेल पक्ष छ । स्रोतका अनुसार यसमा कोइराला परिवारका हस्तीहरु समेत सहमत छन् ।

देउवामाथि वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शेखर कोइरालाई लगायतलाई हराउन भूमिका खेलेको आरोप पनि पार्टीभित्रैबाट लाग्न थालेको छ । नेता शेखर कोइरालाले पार्टी हारको जिम्मेवारी सभापतिले लिनुपर्ने बताए । नवराज सिलवाललाई प्रहरी महानिरीक्षक नबनाउनु, तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग लगाउनुजस्ता गतिविधिका कारण काँग्रेस पराजित भएको उनले बताए । ‘हामीबाट नवराज सिलवालमाथि अन्याय भयो, सुशीला कार्कीविरुद्ध महाअभियोग लगाउनु गम्भीर भुल भयो’, कोइरालाले भने, ‘त्यस्ता कारणहरुले गर्दा हामीलाई जनताले दण्डित गरे ।’

उनले हारको जिम्मेवारी नलिएर देउवाले गल्ती गरिरहेको समेत उल्लेख गरे । ‘हारमा को–को दोषी हो, हामीहरुले पनि जिम्मा लिनुपर्छ’, उनले भने, ‘तर पार्टी सभापतिले सबैभन्दा बढी जिम्मेवारी लिनुपर्छ ।’ कोइरालाले केन्द्रीय समिति बैठक बोलाउन देउवालाई आग्रह गरे । केन्द्रीय समितिले महासमिति बोलाउने र त्यसले विशेष महाधिवेशन बोलाएर काँग्रेसलाई पुनर्गठित गर्नुपर्ने विचार व्यक्त गरे ।

पौडेल पक्षले देउवाले महासमिति र विशेष महाधिवेशन बोलाउन आनाकानी गरे एक पक्षीय रुपमा देशभर जागरण अभियान चलाउने चयारीसमेत थालेको छ ।काठमाडौं टुडेबाट