देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन्न : शेखर कोइराला - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन्न : शेखर कोइराला



२१ मंसिर, मोरङ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए ।

विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनतर्फ संकेत गर्दै देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए ।

कोइरालाले भने, ‘लोकतन्त्रलाई विश्वास गरेर २००७ सालदेखि लागि लडेका हुन् नेपाली जनता त्यसकारण अधिनायकवाद सम्भवै छैन नेपालमा ।’

संविधान जारी भएपछि पहिलो पटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्ने कोइरालाले विश्वास व्यक्त गरे ।