शनि ग्रहबाट पीडित हुनुहुन्छ, यस्ता उपाय अपनाउनुहोस राम्रो हुनेछ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

शनि ग्रहबाट पीडित हुनुहुन्छ, यस्ता उपाय अपनाउनुहोस राम्रो हुनेछ



यदि कसैको राशिमा शनिको साढे साती चलिरहेको छ भने शनिदेवलाई प्रसन्न गर्नका लागि शास्त्रमा थुप्रै उपाय बताइएका छन् । यी उपाय अपनाउँदा तपाईँको मनोकामना पूरा हुनसक्छ ।

के काम गर्दा राम्रो हुन्छ त ?

शनिवारको दिन तेलबाट बनेको भोजन भिकारीलाई खुवाउँदा शनिदेव प्रशन्न हुने मान्यता छ ।

शनिवार कालो कुकुर, कालो गाईलाई रोटी खुवाउँदा समस्या टाढा हुने गर्दछन् ।

शनिदेवको कृपा पाउनका लागि हनुमानजीको पूजा गर्दा शनिको असर कम हुने गर्दछ ।

शनिवारका दिन हनुमान चालिसा पाठ गर्दा शनिको सबै दोष समाप्त हुने गर्दछ ।

शनिवारको दिन कालो वस्तु जस्तै कालो दाल, कालो कपडा, कालो चना गरिबलाई दान दिँदा शनिदेव खुसी हुन्छन् ।

आफ्नो जीवनमा पैसा, वैभव र यश प्राप्त गर्नका लागि शनिवार बेलुका पिपलको रुखमुनी बत्ती बाल्नुहोस् ।