शाह हत्याको विरोधमा नेविसंघले दियो गृहमन्त्रीलाई २४ घण्टे अल्टीमेटम - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

शाह हत्याको विरोधमा नेविसंघले दियो गृहमन्त्रीलाई २४ घण्टे अल्टीमेटम



हिमाल पोष्ट /भैरहवा चैत्र १८,

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस जाजरकोटका युवा नेता रविन्द्र शाहको हत्या विरोधमा आज नेपाल विद्यार्थी संघ रुपन्देहीले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।

शाहको गत १५ गते सांझको समयमा टाउकोमा ढुङ्गा प्रहार गरि हत्या पछि भिरमा फलिएको अस्थिामा शव फेला परेको थियो ।

स्थानिय निर्वाचन नजिकै आईरहेका बेलामा विद्यार्थी आन्दोलनका एक धरोहर योद्धा शाहको हत्या गम्भिर रहेकाले घटनाको निन्दा र भत्सना गर्दै यथासिघ्र हत्यारा पत्ता लगाई कडाभन्दा कडा कारबाहीको माग गर्दै २४ घण्टे अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएको र दोसिलाई कारबाही र सत्य तथ्य कुरा बाहीर नआए कडा रुपमा संघर्षमा उत्रने नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस सभापती दिनेश पौडेलले जानकारी दिनुभयो ।

आज नेपाल विद्याथी संघद्धारा देशै भरि ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार रुपन्देहीमा पनि ज्ञापन पत्र बुझाईएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य लेखनाथ भट्राईले बताउनुभयो । ज्ञापन पत्र बुझदौ सहायक प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीले यो घटनाले आफुहरुलाई पनि दुखि बनाएको भन्दै सम्बन्धित निकायमा ज्ञापन पत्र पठाउने प्रतिबद्धता व्याक्त्त गर्नुभयो ।
उक्त ज्ञापन पत्र बुझाउने कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका सभापती प्रदिप थापा , सचिव महेश अर्याल तथा बुटवल बहुमुखि क्यम्पसका विद्यार्थी र भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उपस्थीति रहेको थियो ।