सेक्समा प्रेम भएन भने त्याे बलात्कार जस्तै हुन्छ : गायिका सुधा थापा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सेक्समा प्रेम भएन भने त्याे बलात्कार जस्तै हुन्छ : गायिका सुधा थापा



सिल्की कपाल, सर्लक्क परेको जिउ अनि हँसिलो गोरो अनुहार भएकी युवती कोही बाटोमा देख्नु भयो भने नझुक्किनु होला उनी गायिका सुधा थापा पनि हुन सक्छिन । स्याङ्जाको गल्याङ नगरपालिका बर्दलाममा भविलाल र नैनकला रानाको कोखबाट जन्मेर विगत लामो समय देखि बेलायतलाई कर्मथलो बनाउँदै आएकी सुन्दर गायिका सुधा विदेशमा रहेर पनि नेपाली संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने हिसाबले गीत सङ्गीतको क्षेत्रमा सक्रिय छिन् । प्रस्तुत छ उनै गायिका सुधा थापा सँग हिमाल पोस्टका लागि समीर प्रकाश पाण्डेले गरेको कुराकानी-

दिनलाई कसरी उपयोग गरिदै छ ?

घुम्दै अनि आफ्नै  काम पनि गर्दै ,अत्यन्तै रमाइलो भईरहेको छ ।

 कुन उमेरमा आउँदा लाग्यो कि म पनि गीत गाउन सक्छु ?

वास्तवमा मलाई बच्चैदेखि गीत गाउन सक्छु जस्तो लाग्थ्यो ,त्याे आफ्नो कला प्रस्तुत  गर्ने स्टेज र त्यो अनुकूल परिस्थिति मात्र नमिलेकाे भएर पछि परेँ।

 के सुरुको गीत गाउदै गर्दा यो लाग्थ्यो की आजको स्थानमा पुगौंला ?

अफ कोर्स !  लाग्थ्यो म राम्रोसँग गाउन सक्छु भन्ने आत्मविश्वास म मा थियो ।

 सयौको भिडमा तपाईँलाई दर्शक श्रोताले कुन स्थानमा खोजे भेट्लान् ?

म कसैसँग आफूलाई तुलना गर्दिन म नै हाे मेराे  कसैसँग तुलना गर्दिन , म एउटा सङ्घर्ष गर्दै गरेकाे कलाकार हाे तर म मा जे छ सन्तुष्ट छु त्याे श्राेताहरुले भन्ने कुरा हो ।

 यदि यो क्षेत्रमा नभएको भए तपाईँ यस क्षेत्रलाई कसरी सहयोग गर्न सक्नु हुन्थ्यो ?

खास गरेर म याे क्षेत्रमा व्यवसायीक छैन तर पनि विदेशमा रहेर कसरि गीत सङ्गीत र संस्कृतिलाई माया गर्नुपर्छ ,जाेगाउनुपर्छ भनेर लागिपरेको छु । त्यसरी नै याे क्षेत्रलाई सहयाेग भन्दा पनि जगेर्ना गर्नुपर्छ भन्ने हिसाबले लाग्थे ।

 आजको मिति सम्म आउँदा गीत सङ्गीत क्षेत्रमा लागेर वास्तवमै उसको कलाको सही सम्मान नभएको व्यक्तिको जस्तो लाग्छ?

यस्ता धेरै कलाकार छन् जाे कला गला  भएर पनि पछि परेका छन्, सम्मान पाएका छैनन्।

कुनै क्षण यस्तो आयो जहाँ यो क्षेत्र अंगालेर गल्ती गरेको जस्तो लाग्यो ?

मलाई याे क्षेत्रमा लागेर गल्ती हाेइन,म एउटा कसैको चाप्लुसि नगरी अगाडि बढ्न खाेज्ने कलाकार हाे भनेर गर्व लाग्छ र त्याे साथ र सहयाेग पाएकी पनि छु सबैबाट।

तपाईँको सङ्गीत क्षेत्र पूर्ण रूपमा पेसा हो वा फुर्सदको सदुपयोग?

मेराे याे पूर्णरूपमा पेसा नभई मेराे आत्मसन्तुष्टि र ‘म भित्र भएकाे कलालाई किन प्रस्तुत नगर्ने त ? ‘भनेर मात्र  लागेकी हुँ।

पहिला एल्बम निकालेर सङ्गीतको गुरु खोज्न हिड्नु भयो या सङ्गीत सिकेर एल्बम निकाल्न?

मैले अाैपचारिक रूपमा सङ्गीत सिकेकाे छैन तर आफ्नो कलालाई अझ निखार्नकाे लागि साधना गर्नु आवश्यक छ भन्ने मलाई लाग्छ।

तपाईँको फ्यानबाट प्राप्त सबैभन्दा अजिवको प्रतिक्रिया केही छ?

यस्ता धेरै छन् माेबाइल कम्प्युटरमा मेराे फाेटाे वालपेपर राख्ने ,भेटाैँ भन्ने भेट हुँदा अत्यन्तै क्रेजिनेस देखाउने देखि बिहे गरेर जीवनभर माया गर्छु भन्ने सम्म पनि हुनुहुन्छ ।१/२  जनाले त आफ्नो प्रेमप्रस्ताव  स्विकारिन  भनेर झापट पनि हानेका छन् मलाई,त्याे पागलपन माया हाे भन्छु म।

 अहिले सम्म  कति वटा  गीत गाउनु भयो ? आफूलाई चिनाएको गीतको नाम लिनु पर्दा कुन लिनु हुन्छ ? 

मैले अहिलेसम्म दुईवटा गीत गाएँ, मलाई दुवै गीत उत्तिकै प्याराे लाग्छ तर मलाई सुधा थापा भनेर चिनाउने गीत फूर्के डाेरी नै हाे।

 तपाईँको बिचारमा प्रेम के हो ? कसैको प्रेममा हुनुहुन्छ? 

मेराे विचारमा प्रेम जीवनकाे जिउने आधार हाे, मिठाे अनुभूति हाे जसले बाच्न अनि हाँस्न सिकाउछ ।

 सेक्समा प्रेम आवश्यक कि प्रेममा सेक्स? ?

दुवै! किनकि सेक्समा प्रेम भएन भने त्याे बलात्कार जस्तै हुन्छ र जब आत्मादेखि प्रेम हुन्छ तब सेक्स ठुलाेकुरा हाेइन त्याे आफै  हुन्छ ।जसले प्रेममा अझ मधुरता ल्याउछ जस्तो लाग्छ ।

पत्रकार शब्द सुन्दा दिमागमा पहिला के आउँछ ?

पत्रकार एउटा समाजकाे ऐना हाे जसले समाजलाई सुसज्जित र सूचना प्रवाह गराउन सहयोग गर्दछ।

 एउटा त्यस्तो प्रश्न जुन तपाईँ आफैलाई सोध्नोस र आफै उत्तर दिनुहोस् ?

म आफै साेच्ने गर्छु ‘म किन सबै मान्छेलाई यति छिट्टै विश्वास गर्छु हाेला?’ धाेका पाएपछि आफैँ पछुताउँछु।