चाडपर्वको बेला सेटिङमा हुन्छ तस्करी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चाडपर्वको बेला सेटिङमा हुन्छ तस्करी



भदौ २१, विराटनगर-

चाडपर्वको मौका छोपेर पूर्वी नाकाबाट सेटिङमै सामान तस्करी हुन थालेको छ ।

भन्सार कार्यालय, विराटनगरले जाँचपास गरिसकेको मालबाहक गाडीमा कम मूल्यांकन गरिएको र वस्तुको परिणाम बढी भेटिएपछि मोरङ प्रहरीले दुई वटा गाडी सोमबार राति नियन्त्रणमा लिएको छ ।

ट्रक र ट्याक्टरमा लोड भएका सामानमा अन्दाजी ६० लाख मूल्य बराबरको कस्मेटिक, सिलाइका सामान र जुत्ता रहेको प्रहरीले जनाएको छ ।