एसईईको नतिजा यहाँबाट हेर्नुहोस: ६ तरिका सहित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एसईईको नतिजा यहाँबाट हेर्नुहोस: ६ तरिका सहित



काठमाडौँ— एसईई २०७४ को नतिजा शनिबार साँझ प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा नतिजा शनिबार साँझ साढे सात बजे प्रकाशित गरेको हो।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले शनिबार साढे सात बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेका हुन्।

गत चैत ८ बाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी सहभागी थिए ।

यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन् । २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १.६ देखि २.०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन् । १.२५ देखि १.६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् ।

नतिजा हेर्ने यस्ता छन् तरिका:

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ।

त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।

तर, लोड बढी भएका कारण यी साइटहरू खुल्न सकेका छैनन् ।

नेपाल टेलिकमको साइट see.ntc.net.np बाट पनि हेर्न सकिन्छ । नेपाल टेलिकमको नम्बर १६०० मा फोन गरेर पनि बुझ्न सकिन्छ ।