स्कुले माया–पिरती ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

स्कुले माया–पिरती !



-दिपक घिमिरे

स्कुलको डेक्समा कालो डटपेनले घोटेर बिर्खेले पानको पात बनायो अनि तलबाट लेख्यो “ बिर्खे + शिला ! ” लेखि सकेपछी आफ्नो झोला त्यही पानपाते र नामको माथी राखेर पढन सुरु ग¥यो ।

उता मिश्रा सरले संस्कृत पढाउथे , यता बिर्खे चै शिलालाई कोर्के नजर लगाउदै लाईन मार्दै पढेको नाटक ग¥थ्यो । उसको शिला प्रतिको माया मोह मिश्रा सरलाई पनि शंका थियो , त्यसैले त बेला बेलामा चकको सानो टुक्राले हान्दै भन्थे “ ओए बिर्खे त उठिहाल अनि शरणमको नेपाली अर्थ बुझाईहाल बाबू ! ”

मिश्रा सरले पढाउदा सम्म उसको ध्यान शिलाको एउटा कान अनि एका पट्टिको गालामा अडीएको थियो । नाकमा लगाएको फुलिमा उ मस्तले हेरिरहन्थ्यो । अब मिश्रा सरले सोधेको शरणमको अर्थ के बुझ्थ्यो । डाईरेक्ट अगाडिबाट हेर्न नसकेपनी उ केटाको लाईनबाट केटीको लाईनमा बस्ने शिलालाई पेटभरी हे¥थ्यो । मनमनै धेरै कुरा कल्पिन्थ्यो होला ।

उ चुप भएपछी मिश्रा सरले शिलालाई उठाउदै भने “ओए शिलाकी जवानी ! ल भन्दे शरणमको अर्थ । ”

शिलाले फरर शरणमको अर्थ भन्देसी कुटाई खाने पालो बिर्खेको भयो ।

मिश्रा सर आफैमा खतरा थिए , झन उनको दण्ड दिने स्टाईल अझ धेरै खतरा थियो । एउटा प्रश्न सोध्ने अनि जस्ले सहि उत्तर दिन्छ उसैले गलत उत्तर दिनेलाई गालामा चडकन लगाउने । उनको दण्ड दिने स्टाईल ।

बिर्खेले शिलालाई घोसेमुन्टो लगाएर हे¥यो , शिला लाजले राती भै ।

मिश्रा सरको आदेश पालना नगर्ने या चडकन कमसल खालको भयो भने चडकन लगाउन सिकाउने बहानामा सहि उत्तर दिने ब्यक्तीले पनि भेटथ्यो चट्याङ्ग एक पटक गालामा मिश्रा सरको छिप्पेका हातबाट । त्यसैले होला ! शिला डराउदै भएनी बिर्खे सामु आई ।

बिर्खेले एउटा गाला थापेर रेडि पोजिसनमा बसेको थियो , शिलाले राम्रै सँग बजाईदिइ । गाला रन्किए , गोरो बिर्खे रातो भयो अनि मिश्रा सर परबाट कराउदै भने “ स्याब्बास बिटिवा ! ए हुई ना थप्पड । ”

शिलाले गालामा बजाईदिएपछी बिर्खे घोप्टे मुन्टो लगाएर बस्यो , उता मिश्रा सरले भट्याउदै गए “ बुद्धम शरणम गच्छामी …….! ”

मिश्रा सरको घण्टि सकिएपछि बिर्खेले अघि डेक्समा लेख्या बिर्खे + शिला मेटने प्रयास ग¥यो ।

त्यो मेटन त्यति सजिलो थिएन । चोर औलामा थुक लगाउदै घोटन थाल्यो ।

घोटदा निस्कने कुई कुई आवाजले हरीको ध्यान तान्यो अनि बिर्खेको हात हटाउदै पढ्यो ।

एक पटक मस्तले हास्दै भन्यो “ ओए सुन साथी हो ! बिर्खेले डेक्समा के लेख्या छ , आईजौ पढम । ”

बिर्खे र हरीको झगडै होला जस्तो भयो । डटपेनले कोरेर पढनै नमिल्ने बनाउदै थियो तर अरु दुई चार जनाले पढिहाले । अब बिजेत ! बिर्खेले हरीलाई धम्क्याउदै भन्यो “ साझ बासघारीमा भेटछस । ”

हरीले तल तिर देखाउदै भन्यो “ यी यै भेटछु । सिंगल सिंगल लडछु त सँग । ”

मिश्रा सरको क्लासमा शिलाको हातको चडकन , शिलालाई मन पराएको पोल अनि हरी सँग दुश्मनीको सुरुवात एकै दिनमा भएपछी बिर्खे तनावमा प¥यो । बिर्खे + शिला लेखेको कुरा शिलाले पनि थाहा पाई । अरु धेरैले थाहा पाएपछी बिर्खेले शिलालाई मनबाट पुर्णरुपमा निकाल्दियो ।

त्यो दिन न बासघारीमा हरी र बिर्खेको पटकापटकी वाला लडाई भयो न त शिलाले अरु कुनै प्रतिकृया जनाई । दुई चार दिन पछि यो घटना सेलायो ।

शिलालाई मन पराउने बिर्खेले देबकीलाई मनमा सजाउन थालेछ क्यारे । आजभोली उ देबकीको खुबै तारिफ गर्छ । साईन्सको नोट सार्न देबकीको कपि लगेको बिर्खेले किरण सँग भन्यो “ अक्षर हेर न अक्षर ! पुरै वकिलका जस्ता छन यार । ”

किरणले बिर्खेलाई झस्काउदै भन्यो “ धेरै फुर फुर नगर ! त्यो देबकी त हरीको छप्कि हो । आँखा साखा झिक्देला होस गर । ”

मनमनै बिर्खे डरायो तर सान दिदै भन्यो “ त्यो जाबो हरी साईड लाग्च । मैले एक प्रपोज हान्न पर्च , देबकीले नो भन्ने कुरै आउन्न बे । ”

किरण चम्चा थियो । उसलाई क्लासका धेरैले दहिचिउरे पनि भन्थे । आज बिर्खे सँग मिठा कुरा गर्ने किरण भोलि हरी सँग लपक्कै टासिन पुग्थ्यो ।

उसको बानी सबैलाई थाहा थियो । कतिले त उसलाई भोक्रो नभाको आईमाई जस्तो नाक्चे पनि भन्थे । मनमा कुरा राख्नै नसक्ने भएर भोक्रो नभाको आईमाई भन्या होलान सायद ।

बिर्खेले देबकीलाई पट्याउन खोज्या छ भन्ने कुरा किरणले सबैका कानमा फुक्दियो । तर उ बाठो बन्दै सबैलाई भन्थ्यो “ यो कुरा कसैलाई नभनेस है । ”

यो कुरा कसैलाई नभनेस है भन्दा भन्दै क्लासका सबैलाई उसले भन्न भ्याईहाल्यो । हरीले यो कुरा थाहा पाए पछि सुरु भयो ग्याङ फाईट । एकातिर हरी , सुन्दरे अनि गनेसेहरु । अनि अर्को तिर बिर्खे , ग्वाते अनि सिबेहरु ।

बिचरी सोझी देबकी दुई ग्याङ बिचको फाइटको कारण बनेर फुलि । देबकी वाला फुल टिप्न कहिले बिर्खे अघि स¥थ्यो त कहिले हरी ।

अत्यन्त अप्ठ्यारो अबस्था आएपछी एक दिन देबकीका बा आमाले देबकीलाई स्कुलबाट निकाले अनि खै कता लगे , थाहा भएन । उ स्कुल छाडेर गएसी दुई ग्याङ बिच फाईट पनि कम्ती हुँदै गयो ।

जिल्ला स्तरीय परीक्षा चल्दै थियो । आठ पास गर्नु भन्या अहिलेको एस ई ई पास गर्नु भन्दा महत्व हुन्थ्यो । जिल्ला स्तरिय परिक्षामा राम्रो नम्बर ल्याउन सकियन भने एसएलसी पास गर्न मुस्किल पर्छ भन्ने मान्यता हामी माझ थियो । हामी बिहान कोचिङ , दिउँसो स्कुल अनि बेलुका टिउसनका क्लास लिन्थिम ।

एक दिन टिउसन क्लास सकेर खेतको बाटो घर फर्कदै थिए , पानी सुकेको कुला मुन्तिर बिर्खे र अन्जलीलाई भेटाए । मलाई देखेर बिर्खे खिस्स हास्यो , अन्जली लाजले रातो भै । म चै हग्नेलाई भन्दा देख्नेलाई लाज भए जस्तै भए ।

स्थिती सामान्य बनाउदै बिर्खेले भन्यो “ टिउसन क्लास छैन भनेर छिटै फर्केको यार म त । ”

बिर्खेले अन्जली तिर हेरेर आँखा झिम्कायो । मैले चर्तिकला देख्दै थिए । दुबैलाई पुग्ने गरेर भने “ इस छैन टिउसन ! बरु लपको चक्कर छ भन न । ”

अन्जलीले सफाया दिन खोजी , बिर्खेले मलाई लोभ्याउदै भन्यो “ भोलि एक हाप चिकन चाउमिन खालास , हाम्रो लब चल्या कसैलाई नभन है । ”

म एक हाप चाउमिनमा बिके , उसले चुप बस भनेसी म चुप भैगे । मैले त्यहा केही देखेन । भोली पल्टै स्कुलको क्यान्टिनमा लगेर बिर्खेले मलाई एक हाप अण्डा चाउमिन खुवायो । चिकन चाउमिन पाईएन । म अण्डा चाउमिनमै बिके ।

आठ कक्षाको परिक्षामा बिर्खे गुल्टियो , अन्जली पास भै । हामी धेरै पास भयौ । तर बिर्खे लगाएतका टोली फेरि आठमै बसे ।

स्कुले जिबनमा पहिलो पटक लभ चलाउने दिवाना बिर्खे आजभोली कहाँ छ ? को सँग घरजम गरेर बसेको छ थाहा छैन तर उसको निक्कै याद आउँछ । बिर्खेले मन पराएकाहरु पनि कहा सेट भए थाहा छैन । तर त्यो स्कुले जिबनको प्रपोज अनि माया पिरती चै जिबन्त बनेर आँखा अगाडि घुम्छन सपना जस्तै । अनि त यस्तै उरण्ठेउला कथा फुर्छन नि सलललल !