सय करोडमा हाबी ‘रेस ३’ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सय करोडमा हाबी ‘रेस ३’



फेरि एकपटक बलिउड सुपरस्टार सलमान खानले आफूलाई भारतीय बक्सअफिसको ‘किंग’ साबित गरेका छन् । ‘रेस ३’ को सानदार सुरुवातसँगै फिल्मप्रतिको क्रेज अझै बढिरहेको छ । फिल्मले प्रदर्शनको मात्र तीन दिनमा सय करोडको झन्डा फहराएको छ ।

सय करोड रुपैयाँको कमाईको आँकडा पार गरेर ‘रेस ३’ वर्षको दोस्रो टप विकेन्ड ओपनर फिल्म बनेको छ । यो लिस्टको पहिलो नम्बरमा ‘पद्मावत’ छ । ‘रेस ३’ ले भारतीय बक्सअफिसबाट विकेन्डमा १ सय ६ करोड ४७ लाख कमाउन सफल भएको छ ।

फिल्मले पहिलो दिन २९ करोड १७ लाख, दोस्रो अर्थात् ईदको दिन ३८ करोड १४ लाख र तेस्रो दिन ३९ करोड १६ लाख कलेक्सन गरेको छ । ‘रेस ३’ तीन दिनमा सय करोड क्लबमा ईन्ट्री हुने सलमानको चौथो फिल्म बनेको छ । यसभन्दा पहिला यो लिस्टमा ‘बजरंगी भाईजान’, ‘सुल्तान’, ‘ट्यूबलाइट’, ‘टाइगर जिन्दा हे’ सामेल छन् ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, ‘रेस ३’ ईदमा रिलिज भएका सलमानको अहिलेसम्मकै दोस्रो सबैभन्दा ठूलो विकेन्ड ओपनर फिल्म बनेको छ । उक्त फिल्मले यो रेसमा ‘एक था टाइगर’ को विकेन्ड कलेक्सन सय करोडलाई समेत पछाडि छाडेको छ ।