बाढीले डुबायो सौराहा ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बाढीले डुबायो सौराहा !



 

२९ साउन, चितवन ।
चितवनको सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेर जलमग्न भएको छ । पर्यटकिय गन्तब्य सौराहाका अधिकांश होटेल डुबेको खबर प्राप्त भएको छ ।

शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेका छन ।

सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् ।

विसं २०५९ मा सौराहामा बाढीले ठुलो क्षेती भएको थियो । त्यतिबेला त्यहाका होटेलमा बालुवा भरिएको थियो ।