सत्यवतिमा दर्शककाे घुइचो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सत्यवतिमा दर्शककाे घुइचो



पाल्पा : भगवान संग मन्दिरमा गएर बर माग्ने कुरा कुनै नौलो भने होईन तर पाल्पामा यस्तो धार्मिक तिर्थ स्थल छ जुन मन्दिरमा भगवान संग चिच्चाएर बर माग्ने प्रचलन छ ।

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका ४ कोलडाँडामा रहेको सत्यवति तालमा सार्वजनिक रुपमै चिच्चाएर भगवानसँग वर माग्ने मेला यही कार्तिक १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुँदैछ । जानकारहरुका अनुसार सम्भवत चिच्चाएर वर माग्ने यो नेपालकै एकमात्र धार्मिक मेला हो । यद्यपी यसवारे यथेष्ट प्रमाण भने भेटिएको छैन ।

दर्शन गर्न जाने भक्तजनहरुले सत्यवती वजैको लागि परेवा र वोकाको वली दिने परम्परा छ । समुद्री सतहदेखि १ हजार ४ सय मिटर उचाइमा जंगलको विचमा रहेको तालमा दर्शन गर्न पाल्पा, गुल्मी,रुपन्देही,भैरहवा, कपिलवस्तु,नवलपरासी,चितवन, काठमाडौ,पोखरा लगायत जिल्ला र लगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट पनि भत्तजन आउने गरेको तिनाउँ गाउँपालिका प्रमुख ओम बहादुर घर्तीले बताए ।

किवदन्ती अनुसार सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण उनीसँग चिच्चाएर बरदान माग्ने चलन रहेको छ । यो मेला रातिको समयमा लाग्ने गर्छ । । सत्यवती ताल संरक्षण तथा विकास समितिका अध्यक्ष सुनविर गाहका अनुसार परम्परागत रुपमा लाग्दै आएको यो मेलामा सत्यवती मन्दिरको किनारमा रहेको ताल वरिपरि घुम्दै चिच्चाएर बरदान माग्ने गर्छन् । अघिल्ला वर्षहरुमा ५० हजार बढी भक्तजन मेलामा सहभागी भएको तथ्याड्ढ रहेको छ ।

यस वर्ष भने ६० हजार भक्तजनले दर्शन गर्ने गरी व्यवस्थापन मिलाइएको तिनाउ गाउँपालिकाका वडा ४ का वडा अध्यक्ष दानबहादुर गाहाले बताए । गत बर्ष भक्तजनको भेटी संकलनबाट करिब ८ लाख रुपैयाँ संकलन भएको थियो । मन्दिरमा चढाइएको भेटीबाट संकलन भएको रकमले मन्दिर व्यवस्थापन, तालको सरसफाई, खानेपानी व्यवस्थापन, विद्युतीकरण, बाटो सरसफाई लगायतका कार्य गरिने बताइएको छ ।
कसरी जान सकिन्छ सत्यवती मन्दिरमा ?
गुल्मी पाल्पा बाट जानेहरु तानसेन–बुटवल सडक खण्डको चौविस माईलबाट करिव २ घण्टाको उकालो चढेपछि सत्यवती तालमा पुग्न सकिन्छ भने बुटवल नवलपरासी कपीलबस्तु लगाएत भारत बाट आउने भक्तजनहरु बुटवल बाट सिद्धाथ्ृ राजमार्ग भएर झुम्साको पानि मिल बाट करिव डेढ घन्टा उकालो चढे पछि मन्दिर पुगिन्छ ।