सरकारी बजेट स्वाहा पार्दै श्रीमतीसँग मस्ती - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सरकारी बजेट स्वाहा पार्दै श्रीमतीसँग मस्ती



युवा तथा खेलकुद मन्त्रालयका एक उपसचिवले युवा परिषदको बजेटमा मस्ती गर्दै मुगुको रारा तालदेखि जुम्ला र कर्णाली अञ्चलका जिल्ला घुमफिर गरिरहेको आजकोसाँघु साप्ताहिकले लेखेको छ ।

सांघु साप्ताहिकका अनुसार युवा परिषदको बजेटमा श्रीमती सहित घुम्ने मन्त्रालयका उपसचिव हुन् महेन्द्र पौडेल । उनले युवा परिषदको बजेट कसरी मिलाएर खाने भन्ने छिद्र छिद्र सिकाउने गरेका छन् ।

युवाहरुको सशक्तिकरणका लागि गठन भएको परिषदको बजेट पौडेलहरुले परिवार घुमाउनका लागि दुरुपयोग गरेका छन् ।

आर्थिक बर्षको समाप्ती भएकाले बजेट सक्नका लागि उपसचिव पोडेल मुगुको रारादेखि कर्णाली अन्चलका जिल्लामा सयर गर्दै तस्विर सामाजिक संजालमा अपलोड गर्न व्यस्त छन् ।