सन्तुलित समाचार दिन आग्रह - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सन्तुलित समाचार दिन आग्रह



लहान,  फागुन २१ गते  ।

राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले स्थानीय तहको निर्वाचनलाई समेत दृष्टिगत गरी स्थानीयस्तरका समाचार पठाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । रासस जिल्ला कार्यालय लहानको स्थलगत निरीक्षणका साथै सिरहाका सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै उहाँले तटस्थ भएर नै कलम चलाउनुपर्ने सुझासमेत दिनुभयो । व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्न पनि उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा राससका कार्यकारी व्यवस्थापक उत्तम सिल्वालले व्यवस्थापन राससलाई समय सुहाउँदो बनाउन लागिपरेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ सिरहाका पूर्वअध्यक्ष रामानन्द गुप्ता र दिनेश्वरप्रसाद गुप्ताले राससका सेवालाई विविधीकरण र विकेन्द्रीकृत गर्नुपर्ने सुझाव दिनुभयो ।

पत्रकार महासङ्घ सिरहाका सचिव जीवछ यादव उदासीले संविधान संशोधन गरेर मात्रै चुनाव भयरहित वातावरणमा हुने भएकाले सोहीअनुसार राससले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा रासस जिल्ला कार्यालय लहानका प्रमुख राजु विश्वकर्माले कार्यालयको अवस्था र कार्यालयको समस्याबारे अवगत गराउनुभएको थियो ।

बर्दिवास–राससका अध्यक्ष वाग्लेले रचनात्मक र समाजको आवश्यकता पहिचान गरेर गरिने पत्रकारिताले राष्ट्र र जनता लाभान्वित हुने बताउनुभएको छ ।

महोत्तरी र धनुषा जिल्लाका राससकर्मीसँगको अन्तक्र्रियामा उहाँले तथ्य र जनताको बोलीलाई सन्तुलित तवरले समाचारमा उतार्न सक्ने पत्रकार नै सफल हुन सक्ने स्पष्ट गर्नुभयो ।

अहिले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेर निर्वाचन आयोगले त्यसको तयारी बढाएसँगै यसमा देखिने जनताको चासो र प्रतिक्रियालाई राससकर्मीले आफ्नो काममा ढाल्न आवश्यक रहेको अध्यक्ष वाग्लेको भनाइ थियो । खासगरी मधेसमा संविधान संशोधन र निर्वाचनसँग जोडिएर आउने प्रतिक्रियालाई राससकर्मीले सन्तुलित तरिकाले पस्कनुपर्ने सुझाव उहाँले दिनुभयो ।

कार्यक्रममा जिल्लाका राससकर्मीले निर्वाचन समाचारबारे छुट्टै डेस्क सञ्चालन गर्नुपर्ने माग गर्नुभएको थियो । कार्यक्रममा रासस जनकपुर अञ्चल कार्यालय, महोत्तरी र धनुषाका समेत संवाददाता र स्ट्रिन्जरको सहभागिता थियो । रासस