हातेमालो नेपाली विद्यार्थी समूहद्वारा बृहत् संगोष्ठी सम्पन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

हातेमालो नेपाली विद्यार्थी समूहद्वारा बृहत् संगोष्ठी सम्पन्न



हिमाल पोस्ट /नयाँ दिल्ली माघ २६ 

भारतको राजधानी नयाँ दिल्लीको  लक्ष्मीनगरमा सी.ए अध्यनरत नेपाली विद्यार्थीहरूको  सङ्गठन “हातेमालो नेपाली विद्यार्थी समूह”ले आइतबार  बृहत् संगोष्ठी सम्पन्न गरेको छ ।

विश्वको अर्थव्यवस्थामा सफल पाइला चाल्दै उचाइतर्फ लम्किरहेको भारतको दुई महत्त्वपूर्ण विषय “ Goods & Service Tax (GST)” एवं “ UNION BUDGET 2017 ( केंद्रीय बजेट २०१७ ) का बारेमा विश्लेषण गर्न आयोजना गरिएको सो कार्यक्रममा सी.ए अध्यनरत नेपाली विद्यार्थीहरूको निकै नै उत्साहजनक सहभागिता एवं प्रतिक्रिया रहेको थियो ।  निकै नै महत्त्वपूर्ण विषयवस्तुमा आफ्नो राय एवं विश्लेषण राख्न प्रख्यात वक्ताद्वय सी.ए राजेन्दर अरोरा ( अध्यक्ष NICASA of NIRC of ICAI ) एवं सी.ए. नितिन कन्वर ( कोषाध्यक्ष NIRC of ICAI ) हरुको  उपस्थिति रहेको थियो ।

सी.ए राजेन्दर अरोराले Goods & Service Tax (GST) का बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो भने सी.ए. नितिन कन्वरले केंद्रीय बजेट २०१७ लाई निकै नै अतुलनीय विश्लेषण गर्नु भएको थियो । सी.ए अध्यनरत नेपाली विद्यार्थीहरूको निकै नै बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सबै सहभागीहरुले कार्यक्रम निकै नै राम्रो एवं जानकारीमुलक रहेकाले आगामी दिनहरूमा पनि यस्तै कार्यक्रम गरिरहनुपर्ने प्रतिक्रिया जनाएका थिए ।

सोही संगोष्ठीमा आगामी दिनहरूमा यस्तै कार्यक्रमहरू सम्पन्न गर्न तथा हातेमालोलाई अझै नै प्रभावकारी ढङ्गले आगाडी बढाउन २५ सदस्यीय कार्यकारी सहायता टोली पनि गठन गरिएको थियो । यसै गरी सोही कार्यक्रममा हातेमालोद्वारा मिति २२ जनवरी २०१७ आइतबार का दिन आयोजना गरिएको इन्डोर खेल चेस , डार्ट तथा फिफा २०१५ का बिजेताहरुलाई धनराशी, प्रमाणपत्र, पदक र मेडल सहित सम्मान पनि गरिएको थियो ।

येसैगरी हातेमालोले सञ्चालन गर्ने मासिक अनलाइन हाजिरीजवाफ-११ का विजेतालाई पनि प्रमाणपत्र र पदक प्रदान गरिएको थियो । निकै नै उत्साहजनक सहभागिताका बिच सम्पन्न भएको सो कार्यक्रमको अन्त्यमा आफ्नो मन्तव्य राख्दै हातेमालोका वर्तमान अध्यक्ष्य सरोज सापकोटाले सबै सहयोगी हातहरुलाई तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष्य सापकोटाले हातेमालो सबै विद्यार्थीहरूको साझा मञ्च भएकाले सधैँ सबैको हक हितमा तत्पर रहने तथा हातमा हात मिलाएर सबैको साथले आगाडी बढ्नका लागि आवाहन पनि गरेका थिए । हातेमालो नेपाली विद्यार्थी समूहको संगोष्ठीलाई भव्य , सभ्य एवं उत्क्रिषट तरिकाले सम्पन्न गराउन अहम भूमिका खेल्नु हुने सबै आभारी मनहरू एवं सरोकारवालहरुप्रति कार्यक्रम संयोजक अंकित अधिकारीले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम  प्राईम सी.ए. एकेडमीको प्राङ्गणमा सम्पन्न भएको थियो ।