नेपालमा सङ्घीयता असफल हुने ७ कारण - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

नेपालमा सङ्घीयता असफल हुने ७ कारण



नेपालमा सङ्घीयता कुनै पनि हालतमा सम्भव छैन । यो हाम्रो आवश्यता पनि होइन, क्षमता पनि छैन । सङ्घीयताले नेपाल र नेपालीको हित गर्दैन। त्यस कारण तत्काल यसबाट फर्किनु पर्छ । सङ्घीयताबाट फर्किएनौँ भनेर ठुलो क्षति हुने छ ।

सङ्घीयताको बारेमा गलत कुराहरू नेपालमा पठाइएको छ । संघात्मक राज्य र समावेशिता विपरीत कुरा हुन् । नेपालको आवश्यकता भनेको शक्तिको हस्तान्तरण हो । गरिब, जनजाति र मधेसीको लागि भनेर जसरी सङ्घीयता भनेर प्रचार गरिएको छ । त्यो गलत कुरा हो ।

सन् २०१६ मा समावेशी राज्यको सूचि हेर्ने हो भने १ देखि ४० नम्बरसम्म एकात्मक राज्य भएका देशहरू छन् । त्यस कारण सङ्घीयताले देश बन्छ भन्नु गलत हो ।

सङ्घीय राज्यव्यवस्था हाम्रो जस्तो देशमा सफल हुनै सक्दैन । सङ्घीयता सफल हुनका लागि कम्तीमा ७ वटा कुराहरू आवश्यक हुन्छ । जून कुरा नेपालमा छैन ।

१. सङ्घीयता सफल हुन त्यसका लागि अत्यन्त कठोर संविधान चाहिन्छ ।
तर, तपाइले यस्तो संविधान बनाउनु भएको छ, जहाँ ६÷६ महिनामा संविधान संशोधन प्रस्ताव अगाडि सारिन्छ ।

२.सङ्घीय शासन प्रणालीमा अत्यन्त कडाईसहितको विधिको शासन चाहिन्छ । तर यहाँ एउटा चोरलाई प्रहरीले गिरफ्तार गर्न पनि नेताहरूको सहमति लिनुपर्छ ।

३.संघात्मक शासनका लागि धेरै ठुलो लोकतान्त्रिक संस्कार चाहिन्छ । दलहरूको कुरा गर्नुस् वा नागरिकको कुरा गर्नुहोस् भिन्न विचार राख्नेमाथि गाली गलौच सुरु हुन्छ । हाम्रो देशमा संस्कारको अभाव छ ।

४.सङ्घीयता सफल हुन ठुलो स्टेटम्यानसीप भएको राजनीतिक नेतृत्व चाहिन्छ, जून हाम्रो देशमा शून्य देखिन्छ ।

५ंआर्थिक दृष्टिकोणले पनि नेपालमा सङ्घीयता सफल हुने देखिन्न । आर्थिक दृष्टिकोणले नेपालमा ३÷४ वटा प्रदेश पनि सम्भव छैन ।

६.केवल होमोजेनियस समाजमा मात्र सङ्घीय प्रणाली सफल भएको छ । विविधता सङ्घीय राज्यका लागि विष हो । यो अध्ययनको निष्कर्ष हो ।

७.जनताले के चाहन्छन् भन्ने विषय सबैभन्दा महत्त्वपूर्ण पाटो हो । नेपालमा सङ्घीयताको पक्षमा जनमत छैन । नेपालमा धेरै जनताले सङ्घीयता नै चाहँदैन, त्यस कारण नेपालमा सङ्घीयता सफल हुन सक्दैन ।

डा. भिमार्जुन आचार्यले प्राय सार्वजनिक कार्यक्रम, मिडिया र सामाजिक सञ्जालमा यो अभिव्यक्ति दिँदै आएका छन् ।