पाँचौ सफलता, सन्दिपले लिए ४ विकेट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पाँचौ सफलता, सन्दिपले लिए ४ विकेट



आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल विरुद्धको खेलमा केन्याले राम्रो सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले पहिलो विकेटका अर्धसतकिए साझेदारी गर्न सफल भयो ।

तर केन्यको ६५ रन हुदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । ओपनर ओबान्डा ४१ रनमा आउट भए ।

त्यसपछि केन्याको स्कोर ७१ रन हुदा नेपालले दोस्रो विकेट लियो । यसपटक पनि सन्दिपले नै नेपाललाई विकेट दिलाए ।

त्यसपछि इरफान करीमले कोलिन्स ओबुयासंग २९ रनको साझेदारी गर्दै टिमको स्कोर १०० रन कटाए ।

तर एक सय ३ रन हुदा बसन्त रेग्मीले नेपालका लागि तेस्रो विकेट लिन सफल भए । उसका ओपनर इरफान ४२ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका कप्तान रकिप पटेललाई सन्दिपले मात्र एक रनमा आउट गरेपछि नेपालले एक सय ४ रनमा चौथो विकेट लियो ।

लगत्तै पुन सन्दिपले रुसव पटेललाई खाता खोल्न नदिदै पेभेलियन फर्काउदै पाचौ सफलता दिलाए ।