सन्दीप बने म्यान अफ दी म्याच, दिल्ली डेयरडेभिल्सले गर्यो ‘ब्रिलियन्ट स्पेल’ भन्दै प्रशंसा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सन्दीप बने म्यान अफ दी म्याच, दिल्ली डेयरडेभिल्सले गर्यो ‘ब्रिलियन्ट स्पेल’ भन्दै प्रशंसा



काठमाडौ -नामिबियामाथि अन्तिम ओभरमा भएको १ विकेटको रोमाञ्चक जीत भएको खेलमा सन्दीप लामिछाने म्याद अफ दी म्याच भएका छन्। उनको उत्कृष्ट बलिङको सहयोगमा नेपालले नामिबियालाई १ सय ३८ रनमा समेटेको थियो।

८.२ ओभर बलिङ गरेका सन्दीपले ४ विकेट लिएर १८ रन दिएका थिए।

सन्दीपसँगै बसन्त रेग्मीको उत्कृष्ट प्रदर्शनमा नेपालले ४९.२ ओभरमा नामिबियामाथि जीत हात पारेको हो। १ विकेट बाँकी रहदा अन्तिम ओभरमा ७ रन चाहिएकोमा पहिलो बलमा २ रन तथा दोस्रो बलमा उनले चौका हानेका थिए। तेस्रो बल वाइड भएपछि नेपालले रोमाञ्चत जित हात पारेको हो। बसन्तले २ चौक र एक छक्कासहित २४ रन जोडे।

सन्दीपको बलिङबाट दिल्ली डेयरडेभिल्स समेत प्रभावीत भएको थियो। उसले समाजिक सञ्जालमार्फत ‘ब्रिलियन्ट स्पेल’ भन्दै प्रशंसा गरेको थियो।

झिनो अन्तरको जितसँगै आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा नेपालले विजयी सुरुवात गरेको छ।