साना किसान कृषि सहकारी संस्थाद्वारा उद्घोषण तालिम सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

साना किसान कृषि सहकारी संस्थाद्वारा उद्घोषण तालिम सम्पन्न



रुपन्देही :कञ्चन गाउँपालिकामा महिलाहरुले सञ्चालन गरेको साना किसान कृषि सहकारी संस्थाले महिलाहरुको क्षमता बृद्धिको काम गर्दै आएको छ । महिलाहरुको क्षमता बृद्धि गर्नको लागि र आर्थिक उपार्जनमा सहयोग मिल्न खालका कार्यक्रम सहकारीले सञ्चालन गर्ने गरेको छ ।

शुक्रबार सहकारीको आयोजनामा उद्घोषण तालिम समापन भएको छ । महिलाहरुलको बोल्ने क्षमताको बृद्धिको लागि तालिम सञ्चालन गरिएको सहकारी की अध्यक्ष कोपिला घिमिरले बताउनु भएको छ । चार दिनसम्म सञ्चालन गरिएको तालिमले महिलाहरुको बोल्ने क्षमताको विकास भएको बताउँदै महिलाहरुले आफ्ना कुराहरु खुलेर भन्न सकेको बताउनु भयो ।

कञ्चन गाउँपालिका वडा नं. १ वडा अध्यक्ष हरि नारायण चौधरीले महिलाहरुको हक अधिकार सबिधानमा स्थापिता भएकाले कार्यान्वयनमा जागरुक बन्नु पर्ने बताउनु भएको छ । महिलाहरुको सीप विकासको लागि गाउँपालिकाले बजेट छुट्टाउने गरेको बताउँदै त्यसको लागि पनि महिलारु जागरुक भएर बजेटको सदुपयोग गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहकारी की प्रवन्धक बसन्ती चौधरी , खगेस्वोर भुषाल, पत्रकार ललित पाण्डेय , प्रशिक्षक कृष्ण भण्डारी , शीव पौडेल, बसन्त चौधरी , अम्बिका श्रीस लगायतले कार्यक्रममा बोलेका थिए । २०६४ सालमा समुहबाट महिलाहरुले सुरुवात गरेको सहकारीमा अहिले एक हजार १५ जना साधारण सदस्य रहेका छन । सहकारीमा आबद्ध महिलाहरुले च्याउ , बाख्रा पालन , तरकारी खेती , मौरी पालन गरि राम्रो आम्दानी गर्दै उदाहरिय काम समेत गरेका छन ।